पहिलो हाफमा संकटालाई अग्रता
बिहिबार, पुष १०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र जावलाखेल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले १-० को अग्रता बनाएको छ ।
खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका हुन् । रुचालले बायाँ भागको कर्नर नजिकै पाएको फ्रिकिकलाई उत्कृष्ट ढंगबाट गोलमा परिणत गरेका थिए ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
संकटा पहिलो खेलमा च्यासलसँग पराजित भएको थियो । दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो ।
पहिलो खेलमा थ्री स्टारसँग बराबरी खेलेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।






-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

