• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
टिम इभेन्टको पुरस्कार घोषणा गर्न माग
खेलपाटी संवाददाता
मंगलबार, पुस ८, २०७६ खेलपाटी संवाददाता
टिम इभेन्टको पुरस्कार घोषणा गर्न माग

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टिम इभेन्टमा रजत र कास्य पदक विजेता खेलाडीलाई तत्काल पुरस्कार घोषणा गर्न सरकार र राष्ट्रिय खेलकुद परिषदसँग माग गरेको छ ।

संघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै सरकारले व्यक्तिगततर्फको स्वर्ण, रजत र कास्य जित्ने तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई मात्र पुरस्कारको घोषणा गरेको भन्दै टिमतर्फ रजत र कास्य विजेतालाई पनि तत्काल पुरस्कारको घोषणा गर्न माग गरेको हो ।

'व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएकोमा भने हाम्रो ध्यानाकर्षण भएको छ,' अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं ।'

सरकारले गत मङ्सिर २८ गते सागका विजेतालाई आकर्षक पुरस्कारको घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई जनही ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेको थियो ।
यस्तै १ भन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीलाई ११ लाख, टिम इभेन्टमा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई पनि ५ लाख प्रदान गरिने जनाएको थियो ।

तर, टिम इभेन्टमा रजत र कास्य जित्नेलाई पुरस्कारको घोषणा गरिएको थिएन् ।

सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । त्यस्तै नेपालले ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो ।


प्रेस विज्ञप्ति - 

आदरणीय पत्रकार मित्रहरु,

 

दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण राष्ट्रिय गौरवको महोत्सवका रुपमा यही डिसेम्बर १ देखि १० सम्म नेपालमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत र प्रतिष्ठा अझ माथि उचाल्न भर्खरै सम्पन्न साग सफल भएको हाम्रो ठहर हो । नेपालले इतिहासमै सबभन्दा बढि ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक सहित कुल २ सय ६ पदक जित्दै यो सागमा नेपालले दोस्रो स्थान हासिल गरेको सबैमा जानकारी भएकै विषय हो ।

आफैले आयोजना गरेको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो कुम्भ मेलामा देशलाई सर्बाधिक पदकका साथ ऐतिहासिक रुपमा दोस्रो स्थान दिलाउन नेपाली खेलाडीको मेहनत, परिश्रम र संघर्षको जति प्रशंसा गरे पनि कम हुन्छ । सिमित स्रोत र साधनका बावजुद नेपाली खेलाडीले १३औं सागको सफलतामा गरेको योगदान अतुलनीय रहेको सम्पूर्ण नेपाली खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ठहर गरेको छ ।

सन २०१६ को फेब्रुअरीमा दुई वर्षभित्र १३औं संस्करण आयोजना गर्ने बाचा सहित भारतबाट झण्डा लिएर फर्किएपछि समयमा साग आयोजना गर्न नसक्दा पटक पटक नेपालको इजजत माथि धब्बा लागेको थियो । पटक पटक मिति सारिरहेको अवस्थामा १३औं साग नै होला की नहोला भन्ने अवस्थामा राष्ट्रिय खेलकुद परिषदको वर्तमान नेतृत्वले दिनरात मेहनत गरेर सफलतापूर्वक साग सम्पन्न गरेको पनि हामीले विर्सन मिल्दैन ।

वर्तमान सरकार र राखेपको नेतृत्वले यसरी असम्भवझै देखिएको साग आयोजनालाई सम्भव नबनाएको भए हाम्रा खेलाडीले राष्ट्रिय गौरवका गाथाहरु रच्न पाउने थिएनन् । खेलाडीले आफूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा जाच्ने मौका पनि पाउने थिएनन् । प्रत्येक खेलाडीका लागि प्रतियोगिताको अत्यन्तै ठूलो महत्व हुने गर्छ । वर्षौसम्म खेलाडीले अभ्यासमा बगाएको पसिनाको मुल्य र ओझ यस्तै प्रतियोगितामा जाच्ने गरिन्छ । यहीँबाट राष्ट्रिय नायकका रुपमा स्थापित भइन्छ । सफलता हासिल नभए, अर्को पटकका लागि त्यसलाई साचिन्छ । त्यसैले खेलाडीलाई यस्तो अमुल्य अवसर जुटाइ दिएकोमा संघ सम्पूर्ण खेलाडीका तर्फबाट नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी प्रति आभार प्रकट गर्न चाहन्छ ।

वर्तमान सरकार र खासगरी सम्माननीय प्रधानमन्त्रीज्युले खेलाडीको हौसला अभिवृद्धिका लागि आकर्षक पुरस्कारको घोषणा गर्नुभएको छ । त्यसलाई हामी खेलाडी संघ स्वागत गर्न चाहन्छौं । व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएकोमा भने हाम्रो ध्यानाकर्षण भएको छ ।

ऐतिहासिक रुपमा साग आयोजना गर्नुका साथै खेलाडी र खेलकुदलाई अघि बढाउन महत्वपूर्ण काम गर्दै आएको सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं ।

नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना छन् । त्यसैले यसपाली वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं ।

 

दीपकश्रेष्ठ

अध्यक्ष

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP