काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र मनाङले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । खेलको २३ औं मिनेटमा आर्मीका सुमन अर्यालको उत्कृष्ट हेडर मनाङका दिप कार्कीले पन्च गर्दै बाहिर पठाए ।
त्यसअघि २० औं मिनेटमा मनाङका विमल रानाको पासलाई फेमी जोश्वाले गोल गर्न सकेनन् । यस्तै ३६ औं मिनेटमा विमलकै पासलाई दयानन्द सिंहको प्रहार फितली रह्यो ।