काठमाडौं । ए डिभिजन क्लब संकटाका कप्तान रवि सिलवाल तीन हप्ता मैदान बाहिर रहने भएका छन् ।
लिगको पहिलो खेलमा च्यासलविरुद्ध चोट बाकेका उनी कम्तिमा तीन हप्ता मैदान बाहिर रहने पक्का भएको हो ।
एक महिना अघि लिगको तयारीको दौरान हातमा चोट बोकेका सिलवालले लिगको पहिलो खेलको दौरान सोही ठाउँमा पुन: चोट बोकेका छन् ।
उनको दाँया हातको जोर्नी फुस्किएको छ । चिकित्सकले उनलाई कम्तिमा तीन हप्ता आराम गर्न सल्लाह दिएको छ ।
‘उनको हातमा चोट लागेको छ । पञ्जाको जोर्नी फुस्किएको देखिएको छ । करिब एक महिना उनी मैदान बाहिर रहनेछन् ।’ क्लबका महासचिव सुरेन्द्र शिखाकारले खेलपाटीसंग भने ।
सोही कारण सिलवालले शनिबार न्युरोड टिम एनआरटीविरुद्वको खेल गुमाएका थिए ।
सिलवाल घाईते भएसंगै संकटाले विण्णु सुनुवार र मनिष घलेलाई क्लबमा अनुबन्धन गरेको छ ।
संकटा पहिलो खेलमा च्यासलसंग पराजित हुँदै लिगको सुरुवात गरेको थियो । दोस्रो खेलमा न्युरोड टिम एनआरटीलाई २–० ले हराउँदै संकटाले लिगमा तीन अंक जोडेको हो ।