• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनआरटीमाथि संकटाको साँघुरो जित
खेलपाटी संवाददाता
शनिबार, पुस ५, २०७६ खेलपाटी संवाददाता
एनआरटीमाथि संकटाको साँघुरो जित

काठमाडौं । संकटा क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए । उनले कप्तान अमित तामाङको क्रसलाई सदुपयोग गरेका थिए ।

फरवार्ड कर्ण लिम्बुलाई अनुबन्ध गर्दै मैदान उतारेको संकटाले पहिलो हाफमा उत्कृष्ट खेल पस्किएको थियो । एक गोलसहित केहि उत्कृष्ट अवसर समेत सिर्जना गरेको थियो ।

यस्तै एनआरटीले पनि पाएको अवसरमा गोल गर्न सकेन् । खेलको २५ औं मिनेटमा एनआरटीले दुई अवसर खेर फालेको थियो । राजेश परियार र दर्शक गुरुङ डिबक्स भित्रबाटअनमार्क रहदा समेत गोल गर्न सकेनन् ।

दोस्रो हाफमा एनआरटीले संकटाविरुद्धको आक्रमणलाई तिब्र बनायो । तर, गोल गर्न भने सकेन । ६८ औं मिनेटमा दर्शन गुरुङले डिबक्स बाहिरबाट गरेको कडा प्रहार संकटाका किपर विनय श्रेष्ठले मुश्किलले बचाए । त्यसअघि दर्शन वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।

लगत्तै पाएको कर्नरमा एनआरटीका आन्द्रे थेरीको हेड पनि विनयले बचाए । यस्तै ८० औं मिनेटमा जोर्डन एनडिम्बा ओवानाको गोल अफसाइड हुँदा एनआरटी बराबरी फर्काउन असफल भएको थियो ।

संकटाले पनि दोस्रो हाफमा केहि उत्कृष्ट सिर्जना गरेको थियो । खेलको ४७ औं मिनेटमा मेसुके ओलुमौको प्रहार एनआरटीका कप्तान प्रकाश बुढाथोकीले गोललाइनबाट क्लियर गरेका थिए । उक्त रिबाउन्ड बललाई राजेन्द्र रावलले पुनः प्रहार गर्दा पुनः एरिक बिष्टले गोललाइनबाट बल क्लियर गरेका थिए ।

यस जितसँगै संकटाले लगातार दोस्रो सिजन एनआरटीलाई हराउन सफल भएको छ । गत सिजन संकटाले एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो ।

जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ । संकटा पहिलो खेलमा च्यासलसँग २-० ले पराजित भएको थियो ।

एनआरटीको यो पहिलो हार हो । पहिलो खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

के भने प्रशिक्षकले ?

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भाग्यले दोस्रो खेल हार्न पुगेको बताए ।

‘खेलाडीको प्रर्दशनबाट सन्तुष्ट छु । दोस्रो हाफमा दबाबमा समेत राख्यौ तर गोल हुन सकेन ।’ उनले भने, ‘विपक्षी गोलकिपरले राम्रो बचाउ गरे ।’

उनले लिगका हरेक खेलको प्रर्दशनमा एकरुपता नहुने भन्दै आगामी खेलमा अझ सुधार गर्ने उल्लेख गरे ।

संकटाका प्रशिक्षक विजय महर्जनले चाहिएको अवस्थामा नतिजा निस्किएको बताए । उनले जितको श्रेय खेलाडीलाई दिदै लक्ष्य पुरा गर्न अझ मेहनत गर्नुपर्ने बताए ।

‘पहिलो हाफमा अग्रता लिदाँ दोस्रो हाफमा दबाब झेल्यौ । तर समग्रमा प्रर्दशन राम्रो रह्यौ ।’ उनले भने, ‘नतिजा चाहिएको थियो । नतिजाको श्रेय खेलाडीलाई दिन्छु ।’

संकटा प्लेईङ सेट -
अमित तामाङ,अर्नेस्ट टाम्पी,रोमन लिम्बु,दिपेश आले मगर,मेसुके ओलुमौ,सुबाश गुरुङ,विनय श्रेष्ठ,राजेन्द्र रावल,बिष्णु सुनार, कर्ण लिम्बु, अजायी मार्टीन

एनआरटी प्लेईङ सेट -
एरिक बिष्ट,बिक्रम धिमाल,प्रकाश बुढाथोकी,अजित प्रजापति,राजेश परियार,सरोज तामाङ, दर्शन गुरुङ,नबिन गुरुङ,आन्द्रे थेरी बियिक,जुनियर निकेनगुए, जोर्डन एनडिम्बा ओवाना

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP