काठमाडौं । घरेलु फुटबलका स्टार फुटबलर कर्ण लिम्बुले संकटा क्लबबाट ए डिभिजन लिग खेल्ने भएका छन् ।
गत सिजन हिमालयन शेर्पामा देखिएका कर्णले नयाँ सिजन संकटा क्लब खेल्ने पक्का पएको हो ।
संकटाले लिगको दोस्रो खेलमा न्युरोड टिम एनआरटीविरुद्व कर्णलाई मैदान उतारेको छ ।
कर्ण घरेलु फुटबलका लोकप्रिय फरवार्ड हुन् । होचो कदका उनी गोल गर्न निकै सिपालु मानिन्छन् ।
उनीबाट प्रेरित जावालाखेल, मछिन्द्र र झापा ११ ले घरेलु लिग फुटबलमा राम्रो नतिजा निकालेको थिए ।

संकटाका अध्यक्ष ईन्द्रमान तुलाधरले कर्णले नयाँ सिजन संकटाबाट खेल्ने खेलपाटीलाई बताए ।
‘लिग सहित मोफसलका प्रतियोगिता खेल्ने गरि क्लबमा ल्याएका हौ ।’ उनले भने ।