काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफमा बराबरी खेलेका हुन् ।
दुवै टिम पहिलो अंकको खोजीमा रहेका छन् ।