एडभान्स क्वाटरफाइनलमा
बुधबार, ०२ पौष २०७६खेलपाटी संवाददाता
काठमाडौं । एडभान्स तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको महिलातर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार एडभान्सले रिभेरालाई २५–२३, १३–२५ र २५–२१ को सोझो सेटमा पराजित गर्यो ।
महिलातर्फ नै विज किड्सले जगत मन्दिरलाई २५–७ र २५–१०, लाइसियम मोडेलले सम्भावीलाई २५–१९ र २५–१६ तथा क्याम्ब्रिजले एडभान्सलाई २५–८ र २५–५ को सेटमा हराएको छ ।
त्यस्तै ग्लोबल पब्लिकले एलिक्सरलाई २५–२२ र २५–१२, जगत मन्दिरले केभीएसलाई २५–२० र २५–१७, सम्भावीले प्रस्फुटनलाई २५–८ र २५–२ तथा पिस प्वाइन्टले एलिक्सरलाई २५–११, २०–२५ र २५–९ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
