सदस्य–सचिव सिलवाल सम्मानित
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई बुधबार सम्मान गरेको छ ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न सफल भएको तथा नेपाललाई हालसम्म सर्वाधिक स्वर्ण दिलाउन सफल भएकोमा संघले सदस्य–सचिव सिलवाललाई सम्मान गरेको हो ।
संघकै आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली क्षेत्रीय होप्स एन्ड क्याडेट टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा संघका अध्यक्ष चतुरानन्द राजवैद्यले सदस्य–सचिव सिलवाललाई दोसल्ला ओढ्यानुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
दुईदिने प्रतियोगिताको होप्सतर्फ ब्वाइजमा भारतका प्रियानुज भट्टचार्य पहिलो, भारतकै अभिनन्द प्रधिभाधी दोश्रो तथा श्रीलंकाकाद्वय ककेरु र दिउमेथ तेश्रो भए । सोही स्पर्धाको गल्र्समा भारतकी सर्वानी नगम पहिलो, भारतकै दिया ब्रहम्चार्य दोश्रो तथा श्रीलंकाकी तमान्डी र नेपालकी दिया देउला तेश्रो बने ।
क्याडेटको ब्वाइजमा श्रीलंकाका सेनुरा सिल्भाले स्वर्ण, पाकिस्तानका अहमदले रजत तथा नेपालका रुविन महर्जन र विशाल गोलले कांस्य हात पारे । उक्त स्पर्धाको गल्र्समा भारतकी सुहाना सैनी पहिलो, श्रीलंकाकी ओनेली दोश्रो तथा नेपालकी इभाना थापा मगर र श्रीलंकाकी रेहन्सा तेश्रो स्थानमा रहे ।














-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)