काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङले २–० को अग्रता बनाएको छ ।
मनाङका लागि दुवै गोल विमल रानाले गरे ।
मनाङले २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । विमलले जगजित श्रेष्ठको पासमा हेड गोल गरेका थिए।
यस्तै विदेशी खेलाडी कोएरा लार्बाले मिलाएको पासलाई विमलले ३४ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।