काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टिमले गोलको अवसर खेर फाल्दा बराबरी खेलेका हुन् ।
खेलको ११ औं मिनेटमा जावलाखेलका फोडे फोफानाले डिबक्स भित्रबाट उपलब्ध गराएको पासमा विजय घलानले प्रहार गरेको बल दोस्रो बार नजिकैबाट बाहिरिएको थियो । खेलको २७ औं मिनेटमा फोफानाको हेड बल आकाशिएको थियो ।
खेलको १७ औं मिनेटमा थ्री स्टारका रुपेश केसीको प्रहार जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले बचाए ।
खेलको २५ औं मिनेटमा रुपेशको फ्रिकिक जावलाखेलका गोलरक्षक थापा र क्रसबारमा लाग्दै फर्किएको थियो । यस्तै खेलको ३९ औं मिनेटमा मिक्छेन तामाङले डिबक्स भित्रबाट हानेको भली पहिलो बार नजिकैबाट बाहिरिएको थियो ।