• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
शरद भर्सेस पारस – पिचले फरक पारेको खेल
विश्वास थापा
मंगलबार, पुस १, २०७६ विश्वास थापा
शरद भर्सेस पारस – पिचले फरक पारेको खेल

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) को साविक विजेता पोखरा पल्टनले गत संस्करणको फाइनल खेल्ने टोली चितवन राइनोजसंग मंगलबार पराजय ब्यहोर्यो ।

दोस्रो दिन चितवनले घरेलु टोली पोखरालाई ६ विकेटले पराजित गरेको हो ।

चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका उनले अविजित ६६ रन बनाए । त्यही रन चितवनको जितको आधार बन्यो ।

गत बर्ष चितवनमाथि पुरा हाबी देखिएको पोखरा यस संस्करणमा पराजित भयो । पोखराले गत बर्ष लिग चरण र फाइनल खेलमा चितवनलाई हराएको थियो ।

टस जितेर चितवनले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पोखराले २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए ।

३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका उनी अर्धशतक बनाउन मात्र ५ रनले चुके ।

उपाधि लक्ष्यमा रहेका दुवै टोलीका कप्तानले खेलपछि पिचमा ब्याटिङ गर्न सहज नभएको प्रतिक्रिया दिए ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला क्रिकेट आयोजना भएको कारण मैदानको तयारी राम्रो भएको थिएन । पीपीएलको अघिल्लो दिन ठुलो वर्षा भएका कारण उद्घाटन खेल समेत एकदिन पछाडी सरेको थियो ।

'गत वर्षको तुलनामा पिचको अवस्था केही खस्किएको छ । साग गेम्सको कारण तयारी कम भए जस्तो लाग्छ ।’ चितवनका कप्तान पारस खड्कले भने, 'केही समय भएको भए तयारी पुग्थ्यो । केही राम्रो हुने सम्भावना थियो ।’

प्रतियोगिता चलिरहँदा मौषम सफा र मज्जाले घाम लागेको कारण आउने दिनमा पिचलले ब्याटिङमा समेत राम्रो सहयोग पुर्याउने पारसको विश्वास छ ।

’हिजो र आज मज्जाले घाम लागेको छ। अस्तिको पानीले केही हदसम्म असर गरेको हुनसक्छ ।’ उनले थपे, 'प्रतियोगिता अगाडी बढ्दै जाँदा गत वर्षकै अवस्थामा पुग्नेमा आशावादी छु ।’

मैदानमा ब्याट्सम्यानलाई भन्दा बलरलाई सहज हुने भएको कारण टस जित्ने टिमले फिल्डिङ रोज्ने गरेका छन् ।

लिगका ४ खेल सकिएको अवस्थामा टस जित्ने टिम सबैले सुरुमा बलिङ रोजेका छन् ।

'बिहानै हुने खेलमा टस जित्ने टोलीलाई केही फाइदा हुने देखिन्छ ।’ पारस भन्छन्, 'तर राम्रो क्रिकेट खेल्नु पर्यो र राम्रो प्रदर्शन गरेर जित्न सकिन्छ जस्तो लाग्छ ।’

पोखराका कप्तान शरद समेत पिचको अवस्थाले ठुलो रन बन्न नसकेको बताउँछन् ।

'कम्तिमा १ सय ४० रन बनाउने योजना थियो । मैदान तथा पिचले साथ दिइरहेको थिएन ।’ शरदले भने, 'त्यसकारण ठूला सट हान्न सहज भएन । बिचमा साझेदारी भएन, विकेट गइरह्यो । त्यसकारण पनि एकदमै थोरै रनमा सिमित हुनुपर्यो ।’

'दिउँसो १ बजेसम्म यो विकेटमा खेल्न गाह्रो छ, सायद अस्तिको पानीले खराब भएको हो ।’ ठुलो स्कोरको बारेमा शरद भन्छन्, 'पिच अझैपनि राम्रोसँग सुकिसकेको छैन ।’

प्रतियोगितामा पोखराले बनाएको स्कोर यस संस्करणको सबै भन्दा कम हो । यस्तै हिजो (सोमबार) बुटवल ब्लास्टर्स र काठमाडौँ गोल्डेन वारियर्सले बनाएको १ सय ४० रन भने सर्वाधिक स्कोर हो ।

 

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP