काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच खेल भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र शेर्पाले गोलरहित बराबरी खेलेको छ ।
पहिलो हाफमा पुलिसले गोलको केहि अवसर खेर फालेको थियो ।
पुलिसका कप्तान जुमानु राईले १३ औं मिनेटम पाएको मौका सदुपयोग गर्न सकेनन् । डिबक्स भित्र पाएको अवसरलाई उनले बाहिर प्रहार गरे । ३१ औं मिनेटमा जुमानुको पासमा डिबक्स भित्र सुमन लामाका प्रहार शेर्पाका गोलरक्षक किशोर गिरिले उत्कृष्ट बचाउ गरे ।
पुलिसको प्लेईङ सेट -
अजित भण्डारी,अन्जन राई,निर कुमार राई,रबी शंकर पासवान,सन्तोष हेम्रन,शत्रुधन चौधरी,सुमन लामा, तेज तामाङ,जुमानु राई, प्रवेश कुवर,सौजन राई
हिमालयन शेर्पा प्लेईङ सेट -
किशोर गिरी,मान बहादुर तामाङ,विजय श्रेष्ठ,त्रिदेभ गुरुङ,विश्वास श्रेष्ठ, निरज बस्नेत,रबि थापा मगर,आशिष गुरुङ,भिषण गुरुङ,कैलाश बस्नेत,विनोद गुरुङ