शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

बाबरको अर्धशतकमा चितवनको विजयी सुरुवात

मंगलबार, पुष १, २०७६विश्वास थापा
बाबरको अर्धशतकमा चितवनको विजयी सुरुवात
Classic Tech Internet Ad

पोखरा । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।

घरेलु टिम पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ८ रन बनायो ।

चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले ।  ४२ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका उनले अविजित ६६ रन बनाए ।

यस्तै सन्नी पटेलले २२ र रोहन मुस्ताफाले ११ रन बनाए । पोखराका राशिद खान र सर्वोजित लड्डाले समान २/२ विकेट लिए ।

चितवनले सुरुवात भने खराब गरेको थियो । उसले पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको थियो । पहिलो ओभरको पाँचौ बलमा अनिल शुन्य रनमा आउट भए । उनलाई राशिद खानको बलिङमा किपर बिनोद भण्डारीले क्याच लिए ।

यस्तै इनिङको पाँचौ ओभरको तेस्रो बलमा राशिदले व्यक्तिगत दोस्रो विकेट हात पारे । राशिदले रोहन मुस्तफालाई ११ रनमा बिनोदको हातबाट क्याच आउट गराए ।

चितवनले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमायो । लामो प्रहार गर्ने क्रममा पारसलाई सर्वोजित लड्डाले सातौं ओभरको अन्तिम बलमा आसिफ शेखको हातबाट क्याच आउट भए ।

आरिफ शेखलाई लड्डाले आफिसको हातबाट क्याच गराए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए । ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका उनि अर्धशतकबाट मात्र ५ रनले चुके । अर्धशतक नजिक पुगेका कप्तान शरद रोहन मुस्तफाको बलमा 'कट एण्ड बोल्ड' भए ।

सोहि ओभरमा प्रथमेश दाकेलाई मुस्तफाले अरिफको हातबाट सुन्य रनमा क्याच गराए । यस्तै कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख, राशिद खान र रबि इन्दर सिंहले समान १०/१० रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जितसँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । पोखराको भने यो पहिलो हार हो । दुई खेल खेलेको पोखराले २ अंक जोडेको छ ।

पोखराले गत संस्करणको पीपीएलमा चितवनलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

Bajaj Pulsar Motorcycle Ad
लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा