काठमाडौं । कप्तान सन्तोष शाहुखलको दुई गोलको सहयोगमा च्यासल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा विजयी सुरुवात गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले १० खेलाडीमा सिमित संकटा क्लबलाई २–० ले हराएको हो ।
च्यासलका जितमा दुवै गोल सन्तोषले गरे । पहिलो हाफको ४२ औं मिनेटमा सन्तोषले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए
त्यसअघि खेलको २४ औं मिनेटमा सन्तोषकै कडा प्रहार संकटाका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

खेलको ७५ औं मिनेटमा क्षितिज राज जिटीको हेडर च्यासलका डिफेन्डर अविशेक लिम्बुले गोललाइनबाट बल क्लियर गर्दा संकटा बराबरी गोल गर्नबाट चुकेको थियो । ७७ औं मिनेटमा संकटाका सुवास गुरुङको उत्कृष्ट प्रहार च्यासलका किपर एलेन न्यौपानेले उत्कृष्ट बचाउ गरे ।
खेलको ८१ औं मिनेटमा लक्ष्मण रुचालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा संकटा १० खेलाडीमा समेटियो । उनले च्यासलका नितिन थापालाई फउल गरेका थिए । जसको कारण रेफ्री प्रकाश नाथ श्रेष्ठले उनलाई मैदान बाहिर पठाएका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई २-० को जित दिलाए । उनले अमिर श्रेष्ठको पासलाई सदुपयोग गरे क्षितिज राज जिटीको हेडर
जितसँगै च्यासलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।
जितपछि बोल्दै च्यासलमा मुख्य प्रशिक्षक बाल गोपाल शाहुखलले विदेशी खेलाडी खेलाउन नपाउँदा सोचेको प्रदर्शन नभएको बताए ।
'सुरूमा नर्भस भयौं । वर्क प्रमिट नपाउँदा जापानी खेलाडी खेलाउन पाएनौ त्यसैले डर थियो । तर, हाम्रो खेल राम्रो भयो,' शाहुखलले भने ।
यस्तै प्रशिक्षक शाहुखलले टिमको लक्ष्य च्याम्पियन बन्ने रहेको बताए ।
'हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो । त्यसैले अर्को खेलमा मछिन्द्रलाई जित्ने रहेको छ,' प्रशिक्षक शाहुखलले थपे ।

खेलमा म्यान अफ दि म्याच सन्तोष चुनिए । सन्तोषले टिमको सहयोगले दुई गोल सम्भव भएको बताए । उनले नेपाली फुटबलको स्तर माथि नगएको समेत बताए ।
'नेपालको फुटबलको लेभल माथि छैन । पहिले भन्दा कम भएको छ । लिग छैन खेलाडी आफै ट्रेनिङ गर्दैन् । मैले जापान गएपछि केहि सिके,' सन्तोषले भने, 'टिमको सहयोगले गोल सम्भव भयो ।'
गत सिजनको उपविजेता संकटाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
संकटाका प्रशिक्षक विजय महर्जनले विदेशी खेलाडीले खेल्न नपाउँदा हार व्यहोरेको बताए ।
'हामी विदेशी खेलाडीसहितको टिम राखेर ट्रेनिङ गरेका थियौं तर, विदेशी खेलाडी भिसाको समस्याले गर्दा खेल्न पाएन् । जसको कारण हामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनौं,' प्रशिक्षक महर्जनले भने ।
यस्तै उनले टिमको लक्ष्य गत वर्षको जस्तै दोस्रो स्थानमा रहने रहेको बताए ।

च्यासल प्लेईङ-११ :
एलेन न्यौपाने, पूर्ण बहादुर गुरुङ,अमिर श्रेष्ठ, चेतन कुमार थारु,हेमन्त थापा मगर,नरेन्द्र चौधरी,सन्तोष शाहुखल,छिरिङ गुरुङ,सुनिल बल, नितिन थापा, अविशेक लिम्बु
संकटा प्लेईङ-११ :
अमित तामाङ,रोमन लिम्बु,रोशन पहारी,दिपेश आले मगर,लक्ष्मण रुचाल,रबी सिलवाल,सुवास गुरुङ,विनय श्रेष्ठ,राजेन्द्र रावल, क्षितित राज जिटी, जनक कोइराला