आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिग - संकटाको तीन अंक जोड्ने दाउ

सोमबार, ३० मंसिर २०७६खेलपाटी संवाददाता
'ए' डिभिजन लिग - संकटाको तीन अंक जोड्ने दाउ

गाेलमा खुसी मनाउँदै संकटाका खेलाडी । फाइल फाेटाे

Loading ad...
mustang rice ad

काठमाडौं । गत सिजन लिग जित्ने लक्ष्य सहित च्यासलले टिम तयार बनाएको थियो ।

राष्ट्रिय टिमका विमल घर्तीमगरदेखि देवेन्द्र तामाङ सहितको खेलाडी लिएर प्रतियोगितामा होमिएको च्यासलले लक्ष्य पार गर्न सकेन ।

अर्कोतर्फ सुपर ६ को लक्ष्य सहित लिगमा उत्रिएको संकटा अप्रत्यासित रुपमा उपविजेता बन्यो ।

फेरि एक पटक शहिद स्मारक ए डिभिजन लिगमा दुबै टिम उपाधि लक्ष्य सहित मैदान उत्रदै छन् ।

लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

मुख्य बिषय करिब ५ बर्षपछि दशरथ रंगशालामा लिगको खेल हुन लागेको छ । यसअघि लिगको उद्घाटन खेल रंगशालामा गर्ने भनिएपनि बर्षाले मैदान हिलाम्य भएपछि प्रभावित बनेको थियो ।

लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । लिगको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । दुवै टिम विपक्षीलाई अंक सुम्पिने अवस्थामा छैनन् ।

गत सिजन भएको भिडन्तमा संकटाले बाजी मारेको थियो । खेलमा संकटाले च्यासललाई २–१ गोल अन्तरले पराजित गरेको थियो । च्यासलविरुद्ध म्यान अफ दि म्याच चुनिएका संकटाका नितिन थापा यस सिजन च्यासलको जर्सीमा मैदान उत्रनेछन् ।

च्यासलका प्रशिक्षक बालगोपाल शाहुखल स्पष्ट तीन अंकको लागि खेल्ने बताउँछन् । ‘तयारी राम्रो गरेका छौं । तीन अंकका लागि खेल्छौैं ।’ पहिलो पटक ए डिभिजन क्लबको जिम्मेवारी पाएका साहुखलले भने ।

उनले गत सिजनको उपविजेता टिमविरुद्ध आफ्ना खेलाडी खेल्न तयार रहेको बताउँछन् ।

च्यासलले लिग जित्ने लक्ष्य सहित थ्री स्टारबाट राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका खेलाडी अनुबन्धन गरेको छ । उसले गोलरक्षक एलन न्यौपाने, डिफेन्डर दिनेश राजबंशी र मिडफिल्डर सुनिल बललाई थ्री स्टारबाट टिममा ल्याएको हो ।

दिनेश भने एन्फाको कारबाहीका कारण लिग गुमाउने छन् । च्यासलसँग १३ औं सागमा नेपाललाई स्वर्ण दिलाएका नितिन थापा रहने छन् । भेट्रान फरवार्ड सन्तोष साहुखल समेत च्यासलकै जर्सीमा मैदान उत्रनेछन् ।

गत सिजन अप्रत्यासित रुपमा उपविजेता बनेको संकटा पहिलो खेलमा च्यासलविरुद्ध तीन अंक लिने दाउमा छ । संकटाका मुख्य प्रशिक्षक बिजय महर्जन आफ्ना खेलाडी च्यासलविरुद्ध खेल्न तयार रहेको बताउँछन् ।

‘तयारी राम्रो भएको छ । च्यासलविरुद्ध जित्ने लक्ष्यसाथ मैदान उत्रनेछौं । स्पष्ट तीन अंकको लागि खेल्छौं ।’ उनले भने ।

संकटालाई राष्ट्रिय टिमबाट खेल्दै आएका डिफेन्डर सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ छ ।

गत सिजन १३ खेलबाट संकटाले २८ अंक जोड्दै लिगको उपविजेता बनेको थियो । च्यासल भने १६ अंक सहित आठाै‌ भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने