• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
किन ओपनिङमा आएनन् ज्ञानेन्द्र ?
विश्वास थापा
आइतबार, मंसिर २९, २०७६ विश्वास थापा
किन ओपनिङमा आएनन् ज्ञानेन्द्र ?

पोखरा । लामो समयदेखि नेपाली क्रिकेट टिममा देखिएको समस्या ब्याटिङ हो । त्यसमा पनि ओपनिङ । क्रिकेटमा ओपनिङ साझेदारी महत्वपूर्ण हुन्छ । जब ओपनरले राम्रो सुरुवात दिलाउछन्, तब टिमको स्कोर बलियो बन्ने सम्भाबना रहन्छ ।

नेपालको राष्ट्रिय टिममा ओपनिङ गर्ने खेलाडीमा निरन्तरता देखिएको छैन । खास गरि सन् २०१४ को टी–ट्वान्टी विश्वकप पछाडी ।

नेपालले दिलिप नाथ, सुनील धमला, राजु रिजाल, अनिल शाह, पवन सर्राफ, प्रदिप ऐरी, इशान पाण्डे लगायतका खेलाडीलाई ओपनरको रुपमा प्रयोग गरिसकेको छ । तर अधिकांश खेलाडी प्रभाब देखाउन असफल देखिएका छन् ।

हाल नेपालको ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र पुर्व कप्तान पारस खड्का देखिने गर्छन् । अन्तराष्ट्रिय खेलमा ओपनिङ गरेपनि दुवै खेलाडी घरेलु क्रिकेटमा ओपनिङ गरेको खासै देखिदैन ।

हुन त राष्ट्रका लागि खेल्नु र कुनै फ्रेन्चाइज क्रिकेट खेल्नु भिन्न कुरा हो ।

कुनै पनि खेलाडीले राष्ट्रबाट खेल्दा नियमति एक स्थानबाट खेल्छ । फ्रेन्चाईजमा सायदै त्यो देखिन्छ । र विश्व क्रिकेटमा यो खासै नौलो बिषय समेत हैन ।

तर नेपालको स्थिती फरक छ । घरेलु प्रतियोगिताको आधारमा खेलाडीले राष्ट्रिय टिम सम्हाल्नु परेको छ । सोही कारण राष्ट्रिय टिमका खेलाडीले एकै स्थानमा आफुलाई अभ्यस्त बनाउँदा सकारात्मक प्रभाव पर्ने खेल प्रशंसकहरु बताउने गर्छन् ।

घरेलु क्रिकेटमा चर्चित फ्रेन्चाईज पोखरा प्रिमियर लिग आईतबार सुरु भयो । उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंले साविक विजेता पोखरा पल्टनसंग ९ विकेटको हार ब्यहोर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनायो । र लक्ष्य पछ्याएको पोखराले १ विकेट गुमाएर लक्ष्य सहजै भेट्टायो ।

तर राष्ट्रिय टिममा ओपनरको भूमिकामा देखिन थालेका नवनियुक्त कप्तान ज्ञानेन्द्रले काठमाडौँका लागि ओपनिङ गरेनन् ।

काठमाडौंको लागि ओपनरद्वय जयकिशन कोल्सवाला र नेपालका पुर्व ओपनर सुबास खकुरेलले इनिङ्स सुरुवात गरेका थिए । उनीहरुले १६ बल अर्थात २ ओभर ४ बलमा १८ रनको साझेदारी गरे ।

खेल सकिएपछि पत्रकारले कप्तान ज्ञानेन्द्रलाई ओपनिङ नगर्नुको कारण सोधेका थिए ।

‘टिमको समिश्रण हेरेर खेलाडीको स्थान निर्धारण हुन्छ । अहिलेको लागि टिममा वास्तवमै राम्रा ओपनर (कोल्सावाला र खकुरेल) भएका कारण फस्ट डाउन आएको हुँ ।’ ज्ञानेन्द्रले भने ।

सुबास राष्ट्रिय टिमका पुर्व ओपनर हुन । उनले नेपालको लागि निरन्तर ओपनिङ गर्दै आएका थिए । तर घुँडाको चोटका कारण सुबास लामो समयदेखि क्रिकेट बाहिर रहे ।

हाल उनी पीपीएलमार्फत घरेलु क्रिकेटमा फर्किएका छन् । उनको लक्ष्य भनेको पुन राष्ट्रिय टिममा स्थान बनाउनु हो ।

यस्तै कोल्सावाला गत संस्करण आफ्नो टिमका लागि सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । उनले ६ खेलमा १ सय १९ रन बनाएका थिए ।

पहिलो दिन कोल्सावालाले २ चौकाको मद्दतमा ६ बल खेल्दै ९ रन बनाए । यस्तै अर्का ओपनर सुबासले १२ बलमा १ चौका सहित ६ रन बनाए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP