सागका पदकधारीलाई ललितपुर महानगरले सम्मान गर्ने

सागकाे समापन समाराेहमा मार्चपासमा सहभागी पाैडीबाज गाैरिका सिह । फाेटाे : खेलपाटी
काठमाडौं । घरेलु भूमीमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदकधारी खेलाडीलाई ललितपुर महानगरले सम्मान गर्ने भएको छ ।
महानगर स्थापना दिवसका अवसरमा ललितपुर महानगरले मंगलबार सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्न लागेको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र स्थायी बसोबास भएका खेलाडीलाई मंगलबार बिहानसम्म नाम पठाउन सूचना जारी गरेको छ ।
महानगरले मंगलबार बिहान १० बजे सामान्य प्रशासन मन्त्री ह्यदेश त्रिपाठीबाट खेलाडीलाई नगद सहित सम्मान गर्ने योजना बनाएको छ ।
खेलकुदको माध्यमबाट राष्ट्रिय गौरव बढाउने आफ्ना नगरका खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न लागिएको ललितपुर महानगरले जनाएको छ ।
महानगरले यसअघि आफ्नो क्षेत्रमा रहेका विभिन्न श्रेणीका फुटबल क्लबलाई आर्थिक सहयोग गर्दै आएको छ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



