फुटबलका सबै खेल अब नेपाल टेलिभिजनमा

सम्झाैता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट । फाेटाे : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल टेलिभिजन (एनटीभी)बीच प्रशारण अधिकार सम्बन्धि सम्झौता भएको छ ।
एन्फाले आयोजना गर्ने फुटबल प्रतियोगिताको प्रशारण अधिकार सरकारी संस्था नेपाल टेलिभिजनले लिएको हो ।
सम्झौतासंगै एन्फाले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग सहित सबै राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगिता एनटीभीले प्रत्यक्ष प्रशारण गर्नेछ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै पक्षले सम्झौताको रकम खुलाएका छैनन् ।
सम्झौतासंगै नेपाल टेलिभिजनले शनिबारबाट सुरु हुने ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण गर्नेछ ।
एन्फाले पछिल्लो समय नीजि टेलिभिजन संस्था एपीवानसंग लिगको सम्झौता गरेको थियो ।
नयाँ सिजनको लिगको प्रशारण अधिकारका लागि एनटीभीसंगै अर्को एक नीजि टेलिभिजन संस्थाले समेत प्रस्ताव गरेको थियो ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



