शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

बिच भलिबलमा मिश्रित नतिजा

शनिबार, मंसिर २१, २०७६खेलपाटी संवाददाता
बिच भलिबलमा मिश्रित नतिजा
Classic Tech Internet Ad

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबलमा नेपालले शनिबार मिश्रित नतिजा निकालेको छ ।

पोखराको लेकसाइडमा शनिबार पुरुष टिमले एक जित र ३ हार व्यहोर्यो ।

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीमाथि २१–१६ र २१–१७ को जित निकाल्यो । मान र दिलको जोडीले अर्को खेलमा पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीस“ग २१–१९, १५–२१ र १०–१५ को सेटमा पराजय व्यहोर्यो ।

माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको  जोडीसँग नेपालका राजु विक र सन्जु शाहको जोडी १९–२१, २१–१८ र १५–८ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो । श्रीलंकाको इन्डिका टिरोन र जयन सनुजाको जोडीले राजु र सन्जुको जोडीलाई २१–१५ र २१–१० को सेटमा पाखा लगायो ।

शनिबार नै भएका खेलमा पाकिस्तानका जस्नव खान र अफाख खानको जोडी श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडीस“ग १५–२१ र १४–२१ को सेटमा पराजित भयो । श्रीलंकाका प्रदीप असंका र असेन कुमाराको जोडीले पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीमाथि २१–१६, १६–२१ र २१–९ को रोचक सेटमा जित हात पा¥यो ।

पाकिस्तानका जस्नव खान र अफाख खानको जोडीले माल्दिभ्सको एडम नसीम र मोहम्मद अलिको जोडीलाई १५–२१, २१–१८ र १८–१६ को प्रतिस्पर्धात्मक सेटमा हरायो । माल्दिभ्सका अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडी श्रीलंकाका प्रदीप असंका र असेन कुमाराको जोडीस“ग १३–२१ र १६–२१ ले स्तब्ध भयो ।

लिग चरणको खेलमा हालसम्म पुरुषतर्फ समूह ‘ए’ मा श्रीलंकाका इन्डिका टिरोन र जयन सनुजाको जोडी ८ अंकसहित शीर्ष स्थानमा छ । पाकिस्तानको जस्नव खान र अफाख खानको जोडी ७ अंकसहित दोस्रो र मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी ६ अंकसहित तेस्रो स्थानमा छन् ।

समूह ‘बी’ तर्फ श्रीलंकाकै प्रदीप असंका र असेन कुमाराको जोडीले ८ अंकसहित शीर्ष स्थान ओगटेको छ । पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडी ६ अंकसहित दोस्रो स्थानमा छ । नेपालको राजु विक र सन्जु शाहको जोडी ५ अंकसहित चौंथो स्थानमा छ । माल्दिभ्स र बंगलादेशका टिम दुबै समूहको अंक तालिकामा क्रमशः चौंथो र पा“चौं स्थानमा छन् ।

महिलातर्फ शनिबार पनि दुई खेल मात्रै भए । पहिलो खेलमा श्रीलंकाका दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले माल्दिभ्सका रसिदा अमिनाथ र साफ्ना इब्राहिमको जोडीलाई २१–८ र २१–१० को सहज जित निकाल्यो । दोस्रो खेलमा श्रीलंकाकै लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीले जेनिया मोसा फातिमाथ र रुदाइना अमिनाथको जोडीलाई २१–१२ र २१–५ को सेटमा पाखा लगायो ।

तीन देशमात्रै सहभागी महिलातर्फ समूह ‘ए’ र ‘बी’ दुबैमा श्रीलंकाका टिम शीर्ष स्थानमा छन् । नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडी समूह ‘ए’ र कोपिला उप्रेती र मनीषा चौधरीको जोडी समूह ‘बी’ मा दोस्रो स्थानमा छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

Bajaj Pulsar Motorcycle Ad
कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी