सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आँशु पिएर निशाना

शुक्रबार, २० मंसिर २०७६नमीन ढकाल
आँशु पिएर निशाना

पेस्ताेल बिग्रिएपछि निराश बनेकी श्रेया । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । ‘छ्या यस्तो अवस्थामा त के खेल्नु र बेईजत मात्रै गर्न’

शुक्रबार सातदोबाटोस्थित राखेपको सुटिङ हल छिर्दै गर्दा एक खेलाडी फतफताउँदै थिईन् ।

तेह्रो साग अन्तर्गत सुटिङका खेल धमाधम सञ्चालन भईरहेका छन् ।

तर जे जति समाचार आएका छन्, ती सुखद छैनन् ।

शुक्रबार सुटिङ हल पुग्दा अवस्था दयनिय देखिन्थ्यो ।चीन सरकारको सहयोगमा निर्माण गरिएको सुटिङ रेन्ज एसियाकै उत्कृष्ट मानिएको छ । तर आवश्यक सामाग्रीको जोहो गर्न नसक्दा साग खेलकुदमा सुटिङले राष्ट्रिय बेईज्जत मात्र गरेको छ ।

खेलाडीहरु प्रतिद्वन्दीसंग गोली मागेर प्रतिस्पर्धा गर्न बाध्य छन् ।

शुक्रबार सुटिङ हल छिर्दै गर्दा श्रेयामा बेचैनी देखिन्थ्यो । अनुहार मलिनो थियो । आँशु झारिरहेकी थिईन् ।

स्कोर बोर्डमा १० मिटर एयर पेस्तोल चलिरहेको थियो । श्रेया प्रतिस्पर्धामा थिईन् । प्रतिस्पर्धी भारतीय, पाकिस्तानी र बंगलादेशी खेलाडीमात्र उनी भन्दामाथि थिए । श्रेया चौथो स्थानमा थिईन् ।

पेस्तोलले धोका दिएपछि श्रेया रुनु न हाँस्नु बनेकी रहेछिन् ।

१ घण्टासम्म चल्ने १० मिटर एयर पेस्तोलमा एक खेलाडीले ६० पटकसम्म सुट गर्न पाउँछन । जसमा श्रेयाले १४ गोली प्रहार गर्न बाँकी थियो । उनले ४६ गोली जसोतसो प्रहार गरिन् । त्यसपछि पेस्तोल नचल्ने भयो ।

उनी एरिनामा बसेर आखाँबाट आँसु झार्न थालिन् ।

श्रेयालाई १४ गोली हान्न १८ मिनेटको समय थियो ।

एकपछि अर्को गर्दै समय घट्दै थियोे ।

श्रेय विवस थिईन्, लाचार देखिन्थिन् ।

उनी रुन बाहेक केहि गर्न सकिरहेकी थिईनन् ।

‘विदेशीका अगाडी बेईजत नगरौं । बरु खेल्ननै छाडौ ।’ एक प्रतिनिधि भन्दै थिए ।

फाईनल चरणको नजिक पुगेकी श्रेया खेल छाड्ने मुडमा थिईनन् ।

माल्दिभ्सका एक प्रतिनिधि अगाडी बढे । रिङमा उभिएर श्रेयालाई हेरिरहेकी एक नेपाली खेलाडीलाई सोधे, खेल किन रोकिएको, के भयो नेपाललाई ?

उनी एकछिन चुपचाप बसिन ।

उनी निशब्द थिईन् ।

राज्यको अर्बौ रुपैयाँ खर्चिएर खेल महोत्सव चलिरहँदा सुटिङका खेलाडीसंग खेल्ने सामाग्रीनै छैन ।

माल्दिभ्सका प्रतिनिधिले पुन सोही प्रश्न दोह¥याए ।

उनले पेस्तोलले काम नगरेको बताईन् ।

समय सिकियो ।

विदेशी हेड जुरी कैशारुल इस्लामले सुरुमा नेपालको समय नथपिने बताए ।

लगत्तै उनले चीनियाँ प्रतिनिधिसँग कुरा गरे ।

अनि उनले श्रेयालाई ३ मिनेट परिक्षणकाल र ७ मिनेट बाँकी १४ गोली सकाउन समय दिए ।

जुरीले समय त दिए ।

तर पेस्तोल छैन ।

फेरि पेस्तोल मगाउन पर्ने भयो ।

सहभागीले पेस्तोल त दिए तर जुरीले त्यस पेस्तोलको कोड नम्बर र प्रतिनिधि बोलाए ।

पेस्तोलका प्रतिनिधि त्यहाँ थिएनन् ।

त्यसपछि नेपालकै २५ मिटर ¥यापिड फायर पेस्तोल स्पर्धाका विपेश खड्काले आफ्नो पेस्तोलको सम्पुर्ण विवरण जुरीसंग बुझाए ।

अनि श्रेयाको समय सुरु भयो ।

अब श्रेयाले ७ मिनेटमा १४ गोली प्रहार गर्नुपर्ने भयो । त्योपनि २५ मिटरमा खेल्ने पेस्तोलले १० मिटरमा निशाना लगाउनुपर्ने भयो ।

उनले हतार हतारमा प्रहार गरिन् ।

तर सुरुको गति र जोश उनमा देखिएन । उनले अंक जोड्न सकिनन् ।

पदक नजिकै पुगेकी श्रेया अन्तिम समयमा पेस्तोलले धोका दिएपछि पहिलो चरणबाटै बाहिरिन् ।

चौथो स्थानकी श्रेया अन्तिममा ५ सय ३३ अंक सहित सातौं स्थानमा खेल टुङ्गाईन् ।

देशलाई सुटिङतर्फ पहिलो पदक दिलाउने उनको सपना पुरा भएन ।

खेल सकिएपछि श्रेया प्रतिक्रिया दिन डराईन् ।

सुटिङबारे खराब समाचार बाहिरिएसंगै खेलाडीलाई बाहिर नबोल्न उर्दी जारी गरिएको रहेछ ।

‘कृपया म मिडियासँग बोल्दिन । मलाई गाह्रो हुन्छ ।’ श्रेयाले भनिन् ।

प्रशिक्षकसँग बोल्न खोज्दा समेत सोही डर देखिन्थ्यो । उनी समेत बोल्न मानेनन् ।

फाइनल पुग्ने सम्भावना हुँदा हुँदै समूह चरणबाट बाहिरिएपछि संघका पदाधिकारी समेत रिसले चुर देखिन्थे ।

एक पदाधिकारीले भने, ‘पहिला त धोका भएकै थियो । आज पनि त्यस्तै भयो । अब यो पेस्तोल सागपछि फ्याल्दिन्छु ।’

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित