ह्यान्डबल : नेपालको विजयी सुरुवात
बुधबार, १८ मंसिर २०७६खेलपाटी संवाददाता

मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला ह्यान्डबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
पोखरामा बुधबार श्रीलंकालाई २९-१९ ले हराउँदै नेपालले शानदार सुरुवात गरेको हो ।
नेपालको लागि उमा राईले ८ र कविता राईले ६ गोल गरिन् । यस्तै निशा राई र कल्पना ओलीले समान ४/४ गोल गर्दा दुर्गा बोहरा र रन्जना राईले २/२ गोल गरिन् ।
यस्तै शान्तिकला राई र शान्ति कुमारी चौधरीले १/१ गोल गरिन् ।
पुरुषतर्फ नेपालले बुधबार श्रीलंकासँग नै खेल्नेछ ।










-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)



