साइक्लिङ : नेपालका राजेश र निश्मालाई स्वर्ण
बुधबार, १८ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।
गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुई स्वर्ण जितेको हो । पुरुषमा नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन् ।
राजेशले १ किमिको दुरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गरे । पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत र प्राचित थापाले कास्य जिते ।
निरभले १ मिनेट ५०.०८० सेकेण्डको समय निकाल्दा प्राचित १ मिनेट ५१.६६१ सेकेण्डको समय निकाले ।
निश्माले २ मिनेट २२.४५१ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् ।
महिलातर्फ नेपालकी जमुना थापाले २ मिनेट ४१.५५१ सेकेण्डको समयसहित रजत जितिन् । भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७.२३८ सेकेण्डको समयसहित कास्य जितिन् ।













-1764078716312.jpeg&w=3840&q=75)


