भारतीय भलिबल टिमकी कप्तान बिरामी
मंगलबार, १७ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । भारतीय महिला भलिबल टिमकी कप्तान मिनोमोल अब्राहम बिरामी परेकी छिन् ।
नेपालसंग खेल्नु अघि भारतीय टिमकी नम्बर एक स्पाईकर तथा कप्तान बिरामी परेकी हुन् ।
भारतले महिला भलिबलको फाईनलमा मंगलबार अपरान्ह नेपालसंग प्रतिस्पर्धा गर्दैछ ।
चिकित्सकका अनुसार उनमा डेंगुको संक्रमण देखिएको छ ।
उनले मंगलबार नेपालविरुद्व फाईनल खेल्ने सम्भावना कम छ ।
समूह चरणको खेलमा भारतले नेपाललाई सोझो सेटमा हराएको थियो ।
उनैको प्रेरणादायी प्रर्दशनमा भारतले नेपाललाई हराएको थियो ।
महिला भलिबलमा ऐतिहासिक रजत पदक पक्का गरेको नेपालले मंगलबार स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछ ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)