साग पुरुष भलिबल : भारत फाइनलमा
आइतबार, १५ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो ।
फाइनल पुग्ने क्रममा भारतले श्रीलंकालाई २७-२५,२५-१९,२१-२५ र २५-२१ ले पाखा लगायो ।
अब भारतले स्वर्णका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।
पाकिस्तान र बंगलादेशबीच सेमिफाइनल खेल केहि बेरमा हुनेछ ।










-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)