एपीएफ लालबन्दी गोल्डकपको फाईनलमा
बिहिबार, ३१ जेठ २०७५खेलपाटी संवाददाता
काठमाडौं । विभागीय टिम एपीएफ सर्लाहिमा जारी प्रथम अन्तराष्ट्रिय लालबन्दी गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । रुस्लान थ्रीस्टार क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै एपीएफले पुलिससंगको उपाधि भिडन्त पक्का गरेको हो ।
सर्लाहीको राधाकृष्ण खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफका प्रविण स्याङ्तानले विजयी गोल गरे । विजेता टोलीका लागि रुपबहादुर लामा, नविन लामा र युवराज खड्काले समान एक एक गोल गरे ।
थ्रीस्टारका अजेयी मार्टिनले दुई तथा बुद्ध लामाले एक गोल गरे । प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।













%20(1)-1777447778534.jpeg&w=3840&q=75)