काठमाडौं । रियल मड्रिडका स्टार इडेन हजार्डले आफु लयमा भएको दाबी गरेका छन् ।
खराब फर्मका कारण पछिल्लो समय आलोचित बन्दै आएका हजार्डले महङ्गो मुल्यमा स्पेनिस महारथी क्लब रियल मड्रिडसंग जोडिएका थिए ।
उनी १ सय ५० मिलियन डलरमा स्पेनिस क्लब आएका थिए ।
आर्सनलका पुर्व ब्यवस्थापक आर्सेन वेङ्गरले समेत हजार्डले नयाँ सिजन सुखद सुरुवात गर्न नसक्नुलाई बढी तौल रहेको बताएका छन् ।
बेल्जियमका अन्तराष्ट्रिय स्टार हजार्डले नयाँ सिजन ११ ला लिगा र च्याम्पियन्स लिगको खेलमा मात्र एक गोल गरेका छन् ।
हजार्डले खराब सुरुवातका बाबजुत पछिल्ला चार खेलमा तीन गोलका लागि अवसर सिर्जना गरेका छन् । हजार्ड आफुले सधै देश र क्लबका लागि सक्दो कोशिश गरिरहेको बताउँछन् ।
‘पछिल्ला महिनाबाट म निकै राम्रो अवस्थामा छु । र चोटको कुनै समस्या छैन ।’ उनले भनेका छन् ।
‘म राम्रो लयमा छु । जब म मैदानमा हुन्छु । तर म सधै राम्रो गर्ने प्रयास गर्छु । म यो क्षणलाई कायम राख्न चाहन्छु ।’ उनले भने ।
हजार्डले पछिल्लो समय बेल्जियमका लागि दुई गोल गरेका थिए । शनिबार रसियलाई ४–१ ले हराएको खेलमा हजार्ड दाजु भाईले तीन गोल गरेका थिए ।
बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको छ । हजार्ड नेतृत्वको बेल्जियमले समूह चरणको अन्तिम खेलमा साईप्रससंग खेल्दैछ ।
‘घरेलु मैदानमा अन्तिम खेल खेल्न पाउनु सुखद हो । अझ जब तिमी अघिनै छनोट भईसकेका हुन्छौ ।’ हजार्डले थपे,‘ हामीसंग खेल्नलाई केही छैन । तर हामी खेलको मज्जा लिनेछौ ।’
‘अवे खेलमा जित निकाल्न गाह्रो भएको थियो । यो पक्कै सजिलो हुनेछैन । तर आशा गरौ हामी केही गोल गछौ । र जित निकाल्दै प्रशंसकलाई खुसी बनाउन चाहन्छौ ।’ उनले थपे ।