काठमाडौं । सुभाष गुरुङले राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका छन् ।
विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध भुटानमा भएको खेलमा सुभाषले राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।
स्विडिस प्रशिक्षक जोहन कालिनले खेलको ८९ मिनेटमा सुभाषलाई मैदान पठाएका थिए । उनी तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए ।
मंगलबार भएको होम खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भयो ।
भुटानको चाम्लिमिथान रंगशालामा भएको खेलमा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे ।
उनले ६ नेपाली डिफेन्डरलाई बिट गर्दै डिबक्स बाहिरबाट पहिलो बारमा च्यापेर गोल गरेका थिए ।
योसँगै नेपाल होम तथा अवे दुबै खेलमा कुवेतसँग पराजित भएको छ ।
घरेलु फुटबलमा सुभाष संकटा क्लबबाट खेल्ने गर्छन् । गत बर्ष लिगमा संकटा दोस्रो रहँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
त्यसअघि उनी मनाङ मस्र्याङ्दी क्लबबाट खेल्दै आएका थिए ।
विश्वकप छनोटको कुवेतविरुद्धको खेलका लागि अन्तिम समय टिमबाट बाहिर रहेका उनी अन्तिम समयमा बोलाईएका थिए ।
राष्ट्रिय टिमका नियमित ४ खेलाडी एन्फाको कारबाहिमा परेपछि उनले मौका पाएका हुन् ।
यसअघि उनी बन्द प्रशिक्षणमा रहेपनि अन्तिम समयमा बाहिरिने गरेका थिए ।