काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछि परेको छ ।
खेलको २८ औं मिनेटमा कप्तान बदर अल मतवाले गोल गर्दै कुवेतलाई अग्रता दिलाए । उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
खेलको पहिलो हाफमा नेपालले राम्रो अवसरमा गोल गर्न सकेनन् । सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो ।
यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाए ।