काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
काठमाडौंको दशरथ रंगशाला तयार नभएपछि तटस्थ मैदानको रुपमा भुटानको चाम्लिमिथाङ रंगशालामा नेपालले कुवेतसँग खेल्दैछ । खेल दिउसो पौने ३ बजे सुरु हुनेछ ।
कुवेतसँगको खेलका लागि नेपालले सुरुवाती-११ सार्वजनिक गरेको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले नेपालको अग्र पंक्तिको जिम्मा अभिषेक रिजाललाई दिएको छ ।
नेपालको प्लेईङ सेट :
गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर : रन्जित धिमाल, अजित भण्डारी, अनन्त तामाङ, देबेन्द्र तामाङ
मिडफिल्डर : सुजल श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, विक्रम लामा, रवि पासवान
स्ट्राइकर : अभिषेक रिजाल
