एजेन्सी । स्पेनले युरोकप छनोटको अन्तिम खेलमा प्रभावशाली जित आत्मसाथ गरेको छ ।
सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोल अन्तरले हराएको हो ।
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै स्पेनले छनोट प्रतियोगिताको अन्त्य गरेको छ ।

खेलको आठौं मिनेटमा फेबियन रुईजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।
जेरार्ड मोरिनोले लगातार दुई गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए ।
एड्रियन रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ४–० ले अघि बढ्यो ।
दोस्रो हाफको ईन्जुरी समयमा मिकेल आयारजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए ।
समूह एफको खेलमा स्पेन र स्विडेनले युरोकपमा छनोट भईसकेका छन् ।
स्पेनले १० खेलबाट २६ अंक र समूह उपविजेता स्विडेनले २१ अंक बटुले ।
रोमानिया १४ अंक सहित चौथो स्थानमा रह्यो ।