एजेन्सी । शीर्ष स्थानमा रहँदै ईङ्ल्याण्ड युरोकपमा छनोट भएको छ ।
आईतबार राति समूह एको खेलमा ईङ्ल्याण्डले कोसोभोलाई ४–० गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता ईङ्ल्याण्डले ३२ औ मिनेटमा ह्यारी विङ्कको गोलबाट लिएको थियो । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
७९ औ मिनेटमा ह्यारी केनले अग्रतालाई दोब्बर बनाउने काम गरे । उनको ईङ्ल्याण्डबाट गोल संख्या ३२ पुर्याएका छन् ।
त्यसको चार मिनेटपछि मार्कुस रासफोर्डले ईङ्ल्याण्डलाई ३–० को स्थिती पुर्याएका थिए ।
ईन्जुरी समयमा मासन माउन्टले गोल गर्दै पाहुना टिमलाई प्रभावशाली जित दिलाए । सिनियर स्तरको खेलमा माउन्टको समेत पहिलो गोल हो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै ईङ्ल्याण्डले छनोट प्रतियोगिताको अन्त्य गरेको हो ।
शीर्ष स्थानको ईङ्ल्याण्डले ८ खेलबाट २१ अंक जोड्यो । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा रह्यो ।