एजेन्सी । साविक विजेता पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ ।
युरोकप छनोट अन्तर्गत आइतबार भएको खेलमा लक्समबर्गलाई २-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो ।
पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोत्चुगललाई २-० को जित दिलाए ।
योसँगै रोनाल्डोले राष्ट्रका लागि ९९ गोल गर्न सफल भएका छन् ।

जितसँगै समूह 'बी' बाट पोर्चुगलले समूह उपविजेता बन्दै युरोकपमा स्थान बनाएको हो । ८ खेलमा पोर्चुगलले १७ अंक जोड्यो । र, पोर्चुगलले समूहको तेस्रो स्थानको सर्बियाविरुद्ध स्पस्ट ३ अंकको अग्रता बनाउन सफल भयो ।
सर्बियाले ८ खेलमा १४ अंक जोडेको छ ।
आइतबार सर्बियाले युक्रेनसँग २-२ गोलको बराबरी खेलेको थियो ।
युक्रेन ८ खेमा २० अंक जोडेर शीर्ष स्थानमा रहदै युरोकपमा छनोट भएको छ ।

र