• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागको प्रशारण अधिकार – ऐतिहासिक तर विवादित !
विश्वास थापा
आइतबार, मंसिर १, २०७६ विश्वास थापा
सागको प्रशारण अधिकार – ऐतिहासिक तर विवादित !
प्रशारण अधिकार सम्झाैता कार्यक्रम । फाेटाे : सन्ताेषराज पाण्डे

काठमाडौं । साग खेलकुदले नयाँ ईतिहास रच्यो ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलसंग सहकार्य गर्दै आयोजक नेपालले १३ औ संस्करणको प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चरलाई बेचेको छ ।

प्रशारण अधिकार वापत कम्पनीले आयोजक नेपाललाई ८ करोड रुपैयाँ दिनेछ । महत्वपूर्ण बिषय २७ वटै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रशारण अधिकार पाएको कम्पनीले करिब २ सय क्यामराको प्रयोग गर्ने जनाएको छ । १५ बढी च्यासनबाट प्रत्यक्ष प्रशारण हुनेछ । त्यसका लागि कम्पनीले नेपालको सरकारी संस्था नेपाल टेलिभिजनसंग सहकार्य गर्नेछ । प्रत्यक्ष प्रशारणको गुणस्तर अन्तराष्ट्रिय स्तरको हुने शर्त राखिएको छ ।

सागलाई व्यवसायीकरण गर्ने अभियानमा सम्झौता कोशेढुङ्गा बन्न सक्छ । सागको आर्थिक भार आयोजक राष्ट्रलाई मात्र पर्ने हुँदा यसको भविष्यलाई लिएर विभिन्न प्रश्न उठ्दै आएका छन् ।

विश्व खेलकुदमा पछिल्लो समय फस्टाएको प्रशारण अधिकार सागमा समेत भित्रिएपछि दक्षिण एसियाली खेलकुदमा यसले विस्तारै प्रभाव जमाउने निश्चितै देखिन्छ ।

तत्कालका लागि सम्झौता रकम सानो देखिएपनि विस्तारै यसको आकार बढ्नेछ । मुख्य बिषय साग खेलकुदलाई विश्व समुदायले टेलिभिजनमार्फत हेर्न पाउनेछ । यसको अर्थ सागको लोकप्रियता अझै बढ्नेछ । आयोजक राष्ट्र हुँदै सागले कम्तिमा दक्षिण एसियामा अझ प्रतिष्ठा कमाउने छ ।

यति महत्वपुर्ण सम्झौताका केही प्रावधानले भने प्रशारण अधिकारलाई विवादीत बनाउने काम गरेको छ ।

सम्झौता अनुसार आयोजक संस्थाका आधिकारिक फोटोग्राफर बाहेक अन्य कुनै फोटोग्राफरले फोटो खिच्न पाउने छैनन् । भिडियो खिच्न प्रतिबन्धनै लगाईएको छ ।

टेलिभिजनका लागि केही फुटेज सागको मिडिया सेन्टरबाट उपलब्ध गराईने बताईएको छ । पत्रपत्रिका र अनलाईनकालागि फोटोहरु समेत मिडिया सेन्टरबाटै दिने सम्झौतामा उल्लेख छ ।

अर्थात आसन्न सागमा फोटो र भिडियो ग्राफरको कुनै भूमिका रहने छैन ।

आयोजकले दिएका फोटो र भिडियोनै पत्रिका र टेलिभिजनले छाप्न र देखाउन पर्नेछ ।

अनलाईनले त सागको मिडिया सेन्टरबाट उपलब्ध हुने भिडियो फुटेज समेत हाल्न पाउने छैनन्, खिच्ने त परको कुरा भयो ।

यसले घरैमा हुने सागको रिपोटिङ गर्ने तयारी गरेका सञ्चार माध्यमलाइ भने बिच्काएको छ ।

त्यसको झल्को सम्झौता कार्यक्रममा देखियो । पत्रकार र सदस्य सचिवबीच करिब २५ मिनेट त दोहरीनै चल्यो ।

ठुला प्रतियोगितामा फोटो लिन पाउने अन्तराष्ट्रिय प्रचलन रहेको भन्दै विवादीत सम्झौतामा पत्रकारले असन्तुष्टि जनाए । 

तर आयोजक राखेप र एनओसी भने पत्रिकालाई चाहिने फोटो र टिभीलाई चाहिने फुटेज आफ्ना आधिकारिक प्रतिनिधिले खिचिदिने बताए ।

सम्झौतामा पत्रकारहरुको चर्को असन्तुष्टी थियो । भिडियो खिच्न नपाए पनि कम्तिमा फोटो खिच्न रोक्न नहुने धेरैको आशय थियो ।

’विश्वकपदेखि ओलम्पिकसम्म पत्रकारले फोटो खिच्न पाउँछ । आफ्नै देशमा हुन लागेको खेलकुदमा फोटो खिच्न नपाउने भन्ने हुन्छ ?’ एक पत्रकार सदस्य सचिवतिर प्रश्न गर्दै थिए ।

पत्रकारको आक्रोस मिश्रित प्रश्नले सदस्य सचिव दबाबमा देखिन्थे ।

फोटो पत्रकारले भिडियो खिच्दैन भनेर ग्यारेन्टी दिन सक्ने भए अफिसियल बाहेकका मिडियाका पत्रकारलाई समेत फोटो खिच्न दिने प्रष्टिकरण सदस्य सचिवले दिए ।

’एनके मिडिया भेन्चरको आपत्ति भिडियोमा हो ।’ सिलवालले प्रस्टीकरण दिए, ’फोटो खिच्नेले भिडियो खिच्दैन भनेर ग्यारेन्टी दिन सक्नु हुन्छ र ?’

‘ग्यारेन्टी पत्रकारले दिने कि राज्यले अनुगमन गर्ने ?’ पत्रकारको प्रतिप्रश्न थियो ।

फोटो खिच्न किन प्रतिबन्ध गरेको भन्दै पत्रकारले सदस्य सचिवतिर प्रश्न तेर्साईरहे ।

पत्रकारले चर्को असन्तुष्टि जनाएपछि सिलवालले यस बिषयलाई थप छलफल गरेर समाधान गरिने मध्यमार्गी प्रस्ताव अघि सारे ।

प्रशारण अधिकार लिएको कम्पनीले अन्य मिडियाले भिडियो लिदाँ आफुलाई समस्या पर्ने भन्दै खेल स्थलमा क्यामरा लैजान रोक्ने प्रावधान राखेको छ ।

फोटो भन्दा भिडियो सञ्चार माध्यमबाट बाहिरिन सक्नेमा कम्पनीको चासो देखिन्थ्यो ।

साग सञ्चालनको जिम्मेवारी पाएको राखेपले साग प्रशारणका लागि देशकै विभिन्न सञ्चार माध्यमसंग छलफल गरेको थियो ।

राखेप आफैले सुरुमा सागको प्रशारण अधिकार देशकै टेलिभिजनलाई बेच्न चाहन्थ्यो । तर नेपालका टेलिभिजनसंग सबै खेलको प्रत्यक्ष प्रशारण गर्न सक्ने क्षमता थिएन ।

साथै स्रोत साधनमा बलियो देखिएको देशकै सरकारी संस्था नेपाल टेलिभिजनले समेत करिब १५-१८ खेल भन्दा बढीको प्रत्यक्ष प्रशारण गर्न नसक्ने बताएको थियो ।

साथै उसले प्रोडक्सनको खर्च समेत राखेपसंग मागेको थियो ।

साग गराउने जिम्मेवारी सहित आएका सिलवाल आफै सागको प्रशारण अधिकार बेचेर एक मानक स्थापित गर्न चाहन्थे । सोही अनुसार उनले प्रशारण अधिकार विदेशी कम्पनीलाई बेच्ने निर्णय गरेका छन् ।

तर भिडियो फुटेज र फोटो खिच्नमै देशकै सञ्चार माध्यमलाई प्रतिबन्ध लगाउँदा सागको भव्यता र प्रचारमा कस्तो असर गर्ला ?

सदस्य सचिवलाई प्रश्नले लखेटिरहनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP