काठमाडौं । नागर्जुन नगरपालिका वडा ७ ‘ए’ ले प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा वडा ७ ‘ए’ ले वडा ६ ‘ए’ लाई २–१ गोलले पराजित गर्यो ।
विजयी टिमका लागि सागर लामा र रोहित दाहालले १–१ गोल गरे । वडा ६ ‘ए’ का राज पौडेलले १ गोल फर्काए । विजेताका पुजन नराल ‘म्यान अफ द म्याच’ चुनिए । उपाधिसंगै विजेताले १ लाख ५ हजार र उपविजेताले ५५ हजार नगद पुरस्कार पाए ।
वडा ७ ‘ए’ का राज पौडेल सर्वाधिक गोलकर्ता बने । वडा ६ ‘ए’ कै निरक खड्का उत्कृष्ट खेलाडी, वडा ७ ‘ए’ का विवेक लामा उत्कृष्ट गोलरक्षक र ७ ‘ए’ कै सुनिल सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए । चारैले जनही १० हजार नगद पुरस्कार पाए । अनुशासित टिम चुनिएको वडा १ ले १५ हजार नगद पुरस्कार हात पार्यो ।
विजेतालाई नागर्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेत, आयोजक युथ हसन्टार क्लबका अध्यक्ष विश्वकर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कात्तिक १६ गतेदेखि सुरु प्रतियोगितामा १९ टिम सहभागी थिए ।