काठमाडौं । खेलाडीले विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) बाट प्रतिबन्धित औषधि वा उपायहरु प्रयोग गर्न मिल्दैन । यदि प्रयोग गरेमा डोपिङ गरेको भनिन्छ ।
खेलाडीलाई वाडाबाट प्रतिबन्धित औषधि वा उपायहरु प्रयोग नगर्न सञ्चालन गरिने सचेतनामुलक कार्यक्रमलाई एन्टी डोपिङ भनिन्छ ।
डोपिङमा वाडाबाट प्रतिबन्धित औषधि र उपाय खेलाडीले प्रयोग गरे÷नगरेको बारेमा जाँच गर्न खेलाडीको पिसाब र रगत ल्याबमा लिईन्छ ।
संसारभर डोपिङका २३ वटा ल्याब छ, जुन वाडाबाट स्वीकृत हो । सोही ल्याबमा पिसाब र रगतको परिक्षण हुन्छ ।
परिक्षणमा वाडाबाट प्रतिबन्धित औषधि प्रयोग गरेको पाईएमा खेलाडीले ‘एन्टी डोपिङ रुल भोइलेसन’ गरेको भनिन्छ ।
यदि खेलाडीको डोपिङ गर्दा केही फेला परेन भने पास भएको मानिन्छ ।

खेल्नु अघि खेलाडी बिरामी भएमा ‘थेरापेटिक युज एक्जेम्सन’ (टीयुई) भन्ने अनुमति लिनुपर्छ । डोपिङ जाँचको समयमा खेलाडीले कागज पेश गर्नुपर्छ । त्यसो गर्दा खेलाडी डोपिङमा पर्दैन । यदी कागज पेश गर्न नसकेमा खेलाडी डोपिङमा पर्छ ।
डोपिङको सामान खेलाडीको खल्तीमा, कोठामा भेटिएमा समेत ‘एन्टी डोपिङ रुल भोइलेशन’ गरेको मानिन्छ । खेलाडीले प्रयोग नगरे पनि खेलाडीसंग भेटिएको खण्डमा डोपिङ गरेको मानिन्छ ।
कुनै प्रतिबन्धित औषधी खेलाडीको झोलामा, कोठामा भएमा पनि डोपिङ मानिन्छ । यसबारे खेलाडीले जानकार हुन जरुरी छ ।
वर्तमान समयमा अन्र्तराष्ट्रिय खेलाडी आफु कहाँ हुन्छु भनेर तीन महिनासम्मको जानकारी दिनुपर्छ । चेक जाँच गर्दा भनेको ठाउँमा नभेटिए त्यसलाई समेत ‘एन्टी डोपिङ रुल भोइलेशन’ मानिन्छ । डोपिङमा कुनै खेलाडी परेमा अहिले ४ वर्ष प्रतिबन्ध हुन्छ । दोस्रो पटक भेटिए जिन्दगीभर प्रतिबन्ध हुन्छ ।
डोपिङ कसरी गरिन्छ ?
डोपिङ बाहिर र भित्र गरिन्छ ।
खेलाडीले घरमा, ट्रेनिङ गर्ने ठाउँमा गएर समेत डोपिङ जाँच गर्न सकिन्छ । जुन खेलाडी बाहिर रहेको समय लिने डोपिङ जाँच हो ।
अर्को खेलाडी खेलमा भएको समय लिने डोपिङ हो ।
कुनै खेलाडीमाथि शंका लागेमा जाँच गर्न सकिन्छ । अनि खेलाडीको ‘र्यानडम’ तरिकाले समेत जाँच गर्न सकिन्छ ।

डोपिङबाट बच्ने उपाय
हरेक वर्ष वाडाले ‘प्रोइभेटिक’ सूचि निकाल्छ । त्यो हरेक वर्ष अक्टोबरमा निकाल्छ र जनवरीमा लागू हुन्छ । त्यसमा भएको औषधि खेलाडीले खान मिल्दैन ।
त्यसबारे खेलाडीलाई विभिन्न कक्षा समेत सञ्चालन गरिन्छ ।
केही गरी खेलाडी बिरामी भएमा खेलकुदको डाक्टरसंग सम्पर्क गर्न सक्छ । ईमरजेन्सी भएमा खेलाडीले डाक्टरलाई डोपिङ लिस्टमा भएको औषधिबारे पहिल्यै जानकारी दिनुपर्छ ।
इमरजेन्सीनै परेमा खेलाडीले चिकित्सकबाट कागजपत्र लिनुपर्छ । त्यसमा डक्टर दिएको औषधीबारे लेखिएको हुन्छ । डोपिङको समयमा कागजपत्र देखाएमा खेलाडी बच्न सक्छ ।
तर, डोपिङमा पर्ने औषधि डाक्टर र प्रशिक्षकले खुवाएको प्रमाण भेटिएमा खेलाडी लगायत सबैलाई प्रतिबन्ध लाग्छ । खेलाडीले कुनैपनि औषधी खाएमा कागजपत्र लिनुपर्छ ।
एन्डी डोपिङ विशेषज्ञ डा. सरोज कृष्ण श्रेष्ठसँगको कुराकानीमा आधारित ।