एजेन्सी । पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डले इटालियन क्लब युभेन्ट्समा प्रशिक्षण सुरु गरेका छन् । आइतबार टुरिन आइपुगेका रोनाल्डोले मंगलबार युभेन्ट्सको पहिलो प्रशिक्षण सत्रमा सहभागी भएका छन् ।
यहिँ समरमा इटालियन च्याम्पियन युभेन्ट्समा अनुबन्धित भएका रोनाल्डोले स्वास्थ्य प्रशिक्षणपछि अभ्यासमा जुटेका हुन् । रुस विश्वकपपछि छुट्टि मनाएर रोनाल्डो इटाली आएका हुन् । रोनाल्डो प्राइभेट विमानबाट परिवारसहित टुरिन आएका थिए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको लागि युभेन्ट्सको टोली अहिले अमेरिका भ्रमणमा रहेका छन् । तर, रोनाल्डोले अन्य खेलाडीसंगै टुरिनमा शारीरिक प्रशिक्षण गरेका छन् ।
स्पेनिस क्लब रियल मड्रिडबाट १०५ मिलियन पाउण्डमा क्लब आएका रोनाल्डोले अगष्ट १९ मा सिरी ए फुटबलमा डेब्यु गर्न सक्ने बताईएको छ । युभेन्ट्सले चिभोसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।
पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारे ।
तस्विरमा रोनाल्डोको अभ्यास :







