भुटानको विकल्प दिन एन्फाद्वारा अस्विकार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेलका लागि प्रस्ताव गरेको भुटानको विकल्प दिन अस्विकार गरेको छ ।
दशरथ रंगशाला खेल्न योग्न नभएपछि एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता आयोजनाको विकल्प दिन एन्फा समक्ष आग्रह गरेको थियो ।
एन्फाले दशरथ रंगशालाको विकल्पको रुपमा भुटानको थिम्पुमा खेल गर्ने प्रस्ताव गरेको थियो ।
तर कुवेत फुटबल महासंघले भिषा, होटल र फ्लड लाईटको समस्या देखाउँदै एएफसीमार्फत भुटानको समेत विकल्प दिन नेपाललाई पत्र पठाएको थियो ।
तर एन्फाले भुटानको विकल्प दिन अस्विकार गरेको छ ।
एन्फाले कुवेतका लागि आवश्यक पर्ने भिषा, होटलको सहज सुविधा उपलब्ध गराउने प्रतिबद्वता जनाउँदै विकल्पमा सोच्न नसकिने जवाफ आईतबार एएफसीमा पठाएको छ ।
‘उनीहरुले अन्तराष्ट्रिय उडानको सहजता अनि भिषाको समस्या देखाएका थिए ।’ एन्फा महासचिव ईन्द्रमान तुलाधरले खेलपाटीसंग भने, ‘हामीले भुटानसंग मिलेर भिषा, होटल लगायतको सबै प्रबन्ध गर्ने जवाफ पठाएका छौ ।’
कुवेतलाई आवश्यक पर्ने भिषा र होटलको व्यवस्था मिलाउन भुटान फुटबल संघले एन्फालाई सघाउने भएको छ ।
भुटानको समेत प्रतिबद्वता सहित नेपालले विश्वकप छनोटको कुवेतविरुद्वको खेल भुटानमै सञ्चालन गर्ने अडान दोह¥याएको हो ।
कुवेतले विविध कारण देखाउँदै नेपालविरुद्वको दोस्रो लेगको खेल समेत आफ्नै मैदानमा आयोजना गर्न चाहेको छ । सोही अनुसार उसले अन्तराष्ट्रिय लबिङ समेत गर्दै आएको छ ।
कुवेतमा भएको पहिलो लेगको खेलमा नेपालले ७–० को हार ब्यहोरेको थियो । कुवेतविरुद्वको दोस्रो लेगको खेल नेपालले घरेलु मैदानमा आयोजना गर्ने मौका थियो ।
तर दशरथ रंगशाला तयार नहुँदा एएफसीले नेपालमा खेल आयोजना हुन नसक्ने बताएको थियो ।











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



