• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
‘माईन्ड गेम’मा कसले मार्ला बाजी ?
हिम बिक्रम केसी
आइतबार, कात्तिक २४, २०७६ हिम बिक्रम केसी
‘माईन्ड गेम’मा कसले मार्ला बाजी ?


काठमाडौं । गत मंगलबार एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिले विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतबीच हुने तय भएको दशरथ रंगशालाको निरिक्षण गरे ।

एएफसीका प्रतिनिधिले निरिक्षणको क्रममा रंगशालाको मैदानमा खोट देखाएका थिए ।

मैदानमा रोपिएको घाँस अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएको उनीहरुको दाबी थियो ।

भद्रगोल रंगशला र बिजोग अवस्थामा रहेका ड्रेसिङ रुपबारे उनीहरुले खासै चर्चा गरेनन् ।

तर एएफसीको केन्द्रिय कार्यालय पुगेपछि उनीहरुले दशरथ रंगशालाको बिरुप चित्र प्रस्तुत गरे ।

वास्तवमा दशरथ रंगशाला विश्वकप छनोटको खेल गराउने अवस्थामै थिएन ।

मैदान हरियो बन्दै थियो । साधारणतर्फको प्यारापिटमा सिट जडान हुदै थियो ।

तर भिआईपीतर्फको प्यारापिट उदाङ्गो जस्तै देखिन्थ्यो ।

रंगशालाको छत कहिले आउने टुङ्गो थिएन । छत राख्ने पिलर ठडिएका थिएनन् । बन्नु पर्ने ड्रेसिङ रुममा झुल टाँगेर बेडहरु राखिएको थियो ।

राखेप सदस्य सचिवले हाल्ने दाबी गरिएको पाल समेत रंगशाला आईपुगेको थिएन ।

यि तमाम कारणले दशरथ रंगशालामा विश्वकप छनोटको खेल नहुने निश्चित थियो ।

त्यही रिपोर्ट एएफसीमा पुगेको थियो ।

एएफसीको अनुगमन टोली अगाडीनै कुवेतका प्रतिनिधि समेत नेपाल आएर भद्रगोल रंगशलाको फोटो लिन भ्याएका थिए ।

त्यही फोटो उनीहरुले एएफसी समक्ष पठाएका थिए ।

आफ्ना प्रतिनिधिले तयार पारेको रिपोर्ट अनुसार एएफसीले दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेल गर्न नसकिने प्रष्ट पार्दै विकल्प दिन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरेको थियो ।

विश्वकप छनोटको पहिलो लेगको खेल नेपालले कुवेतमा गएर खेलेको थियो ।

दोस्रो लेगमा नेपालले आथित्यता प्रदान गर्नुपर्ने थियो ।

तर अन्तराष्ट्रिय स्तरको दाबी गरिने एकमात्र रंगशालाको पुनर्निमाण समयमै हुन नसक्ने भएपछि एन्फाको केही जोर चल्ने कुरै भएन ।

हुन त कुवेतले दोस्रो लेगको खेल समेत आफ्नै देशमा खेल्न एन्फालाई प्रस्ताव गरेको थियो । उसले हवाई टिकटदेखि बसोबास लगायतका सबै प्रबन्ध आफुले गर्ने लोभ देखाएको थियो ।

तर एन्फाले कुवेतको सो प्रस्तावलाई अस्विकार गर्यो । पहिलो लेगमा ब्यहोरेको ७-० को हारको नतिजालाई घरेलु मैदानमा बदल्ने नेपालको अठोट थियो ।

तर रंगशाला तयार नहुदाँ त्यो अठोट रहरै रह्यो ।

एएफसीको निर्देशनसंगै एन्फाले विकल्पको रुपमा नेपालको मौसमसंग मिल्ने भुटानलाई विश्वकप छनोटको खेलका लागि प्रस्ताव गर्यो ।

खाडीको गर्मीमा अभ्यस्त खेलाडीलाई हिमाली देशमा बोलाएर प्रतिकुल मौसमको फाईदा उठाउने नेपालको दाउ थियो ।

सोही अनुसार दशरथ रंगशालामा खेल नहुने तय हुने बित्तिकै नेपालले आफ्नै मौसम अनुसारको भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालालाई विकल्पको रुपमा प्रस्ताव गरेको थियो ।

तर नेपालको दाउ बुझेको कुवेतले उडान र भिषाको समस्या देखायो । उसले भुटानको फ्लड लाईन समेत ठिक नभएको रिपोर्ट एएफसीमा गर्यो । एक हिसाबले कुवेतले नेपालविरुद्वको ‘माइन्ड गेम’ त्यहीबाट सुरु गर्यो ।

अब कुवेतको अन्तराष्ट्रिय रुपमा लबिङ गर्दै एएफसीमार्फत एन्फालाई भुटानको समेत विकल्प दिन प्रस्ताव गरेको छ ।

खाडीमै खेल गराउन खोज्ने कुवेतको मनसाय बुझेको एन्फाले समेत भुटानमार्फत कुवतेलाई भिषा र सहज उडान उपलब्ध भएको सूचि पठाएको छ ।

कुवेत यतिसम्म पुर्वाग्रही देखिएको छ, नेपाल र कुवेतको खेल दिउँसो ३ बजे प्रस्ताव गरिएको छ । तर कुवतेले भुटानको फ्लड लाईटमा ‘अब्जेक्सन’ जनाएको छ ।

संयोग कस्तो भने, सोही रंगशालामा कुवेतले ग्वामसंग विश्वकप छनोटको खेल खेलिसकेको छ ।

त्यसो भए भुटानको मैदान फिफाको कुनैपनि प्रतियोगिता खेलाउन लायक छैन त ?

एन्फाले यसो भन्दै भुटानलाई अन्तराष्ट्रिय लबिङका लागि दबाब दिईरहेको छ ।

कुवेतको प्रस्तावबाट झस्किएको भुटान समेत आफ्नै मैदानमा विश्वकप छनोटको खेल कुनैपनि हालतमा गराउन लागिपरेको छ ।

विश्वकप छनोटको खेल अब भुटानको प्रतिष्ठासंग समेत जोडिन आईपुगेको छ, नेपाल यसै भन्दै उसलाई उचालिरहेको छ ।

कुवेतको दाउ

एसियाली फुटबलको शक्ति राष्ट्र कुवेतको अवस्था विश्वकप छनोटमा ठिक छैन । एसिया छनोटको समूह बीमा रहेको कुवेत तेस्रो स्थानमा छ ।

विश्वकप छनोटको दोस्रो चरण पार गर्न अष्ट्रेलिया, जोर्डन र कुवेतबीच चर्को प्रतिस्पर्धा छ । अन्तिम समयमा अंकमात्र हैन, गोल अन्तरले समेत निर्णायक भुमिका खेल्न सक्छ ।

सोही कारण कुवेत नेपालविरुद्वको दोस्रो लेग समेत सकेसम्म घरेलु मैदानमै गराउन चाहन्छ । नभए खाडीको आफु अनुकुल कुनै देशमा राख्न चाहन्छ ।

सोही अनुसार कुवेतले अन्तराष्ट्रिय लबिङ तिव्र बनाएको छ । सोही बिषयलाई लिएर कुवेत फुटबल महासंघका अध्यक्ष शेख अहमेद अल युसुफ अल सबाहले एएफसी अध्यक्ष शेख सलमानसंग भेट गरेर छन् ।

Image may contain: 3 people, people sitting and indoor

कुवेतले भुटानमा खेल हुन नसक्ने आधार प्रस्तुत गर्दै नेपाललाई भुटानबाट समेत बाहिर ल्याउन खोजेको छ । उसले उडान, फ्लड लाईट, मैदान लगायतको कारण देखाईरहेको छ ।

कुवेतको सोही लबिङका आधारमा एएफसीले भुटानको विकल्प खोज्न पत्राचार गरेको बुझाई एन्फाको छ ।

एन्फाको दाउ

काठमाडौंको अहिलेको तापक्रम १६ डिग्री सेल्सियसको हाराहारीमा छ । मंसिरको पहिलो साता तापक्रम अझ कम हुनेछ । अर्थात १२ को हाराहारीमा आई पुग्नेछ ।

नेपालको सोही मौसमसंग कुवेत डराएको हो । दशरथ रंगशालामा खेल्न नमानेपछि नेपालले काठमाडौं भन्दा अझ कम तापक्रम भएको भुटानलाई रोजेर कुवेतमाथि ‘माईन्ड गेम’को प्रतिकार गरिसकेको छ ।

अब भुटानको समेत विकल्प दिन कुवेतले एएफसीमार्फत एन्फामाथि दबाब दिईरहेको छ ।

अब एन्फाले के गर्ला ? सबैको चासोको बिषय यही छ ।

तर एन्फा नेतृत्व कुनैपनि हालतमा भुटानमा कुवेतविरुद्वको खेल गराउन चाहन्छ ।

नेपाल सकेसम्म भुटान छाड्न चाहदैन । अन्तिम समयसम्म भुटानमै खेल गराउने नेपालको चाहाना छ ।

भुटान आफैसमेत विश्वकप छनोटको खेल खेलाउन ईच्छुक छ । सोही अनुसार भुटानले समेत अन्तराष्ट्रिय लबिङ गरिहेको छ ।

यदी भुटानकै विकल्प रोज्नु परेमा एन्फाले के गर्ला ?

मंगोलिया !

एन्फा नेतृत्वले नऔपचारिक छलफलमा यसै भनिरहेको छ ।

अर्थात काठमाडौंको १६ डिग्री र भुटानको ६ डिग्रीमा तापक्रममा खेल्न नमान्ने कुवेतलाई मंगोलियाको माइनस ‘टू’ डिग्री सेल्सियस तापक्रममा लैजाने एन्फाले अनौपचारिक रुपमा बताईरहेको छ ।

कुवेतविरुद्व दबाब थपिरहेको छ ।

आफ्नो ‘माईन्ड गेम’को निरन्तर प्रतिकार गरिरहेको कुवेत साँच्चिकै मंगोलियाको ऋणात्मक तापक्रममा गएर खेल्न तयार होला ?

कुवेत र नेपालबीच चलिरहेको यो ‘माइन्ड गेम’को विजेताले धेरै कुराको टुङ्गो लगाउँला ।

तर मैदानभित्रको खेल मंसिर ३ गते हुने तय छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP