• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
१३ औ साग समयमै हुने सुनिश्चित
खेलपाटी संवाददाता
शनिबार, कात्तिक २३, २०७६ खेलपाटी संवाददाता
१३ औ साग समयमै हुने सुनिश्चित

काठमाडौं । नेपालमा हुने तय भएको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमा हुने सुनिश्चित भएको छ ।

काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।

सरकारले पुर्वाधार निर्माणको काम समयमै सक्ने प्रतिबद्वता जनाएसंगै साग निर्धारित मितिमै हुने पक्का भएको हो ।

सरकारकातर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता अघिनै पुर्वाधार निर्माणको काम सक्ने प्रतिबद्वता बैठकमा जनाएका थिए ।

सरकारले पुर्वाधार निर्माणको काम समयमै सम्पन्न गर्न नसक्दा निर्धारित मितिमै साग हुनेमा अन्यौलता देखिएको थियो । सोही कारण तयारीमा समेत सुस्तता देखिएको थियो ।

१३ औ संस्करणको साग मंसिर १५ गते २४ गतेसम्म नेपालमा आयोजना हुदैछ ।

बैठकमा नेपालले प्रतियोगिताको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने प्रतिबद्वता जनाएसंगै सहभागी सदस्य राष्ट्र समेत साग आयोजनामा विश्वस्त देखिएका थिए ।

प्रतियोगिता आउन झण्डै तीन हप्तामात्र बाँकी रहेको अवस्थामा खेल पुर्वाधार निर्माणको काम सम्पन्न हुन सकेका छैनन । पोखरा रंगशाला निर्माणाधिन अवस्थामा छ भने दशरथ रंगशालाको भिभिआईतर्फको छानो अझै काठमाडौं आउन सकेको छैन ।

‘सरकारको तर्फबाट आयोजनामा शंका लिन पर्दैन भनेर प्रतिबद्वता आएको छ । सदस्य राष्ट्रलाई सहभागी हुने तयारी गर्न सरकारले आग्रह गरेको छ ।’ बैठकपछि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘सरकारको प्रतिबद्वतापछि सहभागी राष्ट्र आश्वस्त भएका छन् । सबैले तयारीको कुरा गरेका छन् । बैठकले सबै आशंकालाई प्रस्ट बनाउने काम भएको छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार अब भब्यसंग साग सम्पन्न गर्ने दिशामा सबै लाग्नुपर्ने बताए ।

बैठकमा सदस्य सचिव सिलवालले हप्तादिन भित्रमा पुर्वाधार निर्माणको काम सक्ने प्रतिबद्वता बैठकमा राखेका थिए । उनका अनुसार सरकारको प्रतिबद्वताबाट सदस्य राष्ट्र सहमत भएका छन् ।

‘साग आयोजनामा आश्वस्त बनाएका छौ । बाँकी काम सात दिनभित्र सम्पन्न गर्ने प्रतिबद्वता जनाएका छौ ।’ उनले भने, ‘साग आयोजना हाम्रो प्रतिबद्वता हो । हुन्छ कि हुदैन भन्ने बिषय उहिल्यै अगाडी छुटिसकेको छ ।’

साग आयोजना अगाडी ओलम्पिक काउन्सिलको दुई दिने बैठक काठमाडौंमा बसेको हो ।

बैठकले सागको तयारीको समिक्षा गर्दै प्रतियोगिता सञ्चालनका लागि बनेको पुर्वाधारको निरिक्षण समेत गर्नेछ ।

अर्काे साग पाकिस्तानमा !

बैठकले १४ औं संस्करणको साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ ।

'साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ । हामीले बिधान अनुसार पाकिस्तानलाई पत्र पठाउने छौँ,' बैठकपछि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले भने, '१३ औं सागअघि उहाहरुको प्रतिक्रिया हेर्छौ । त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने यो भने आयोजक परिवर्तन गर्न सकिन्छ ।'

पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त रुपमा आयोजना गर्ने दाबी गरेका छन् । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP