१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव
शनिबार, कार्तिक २३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिलकाे बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ ।
नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलकाे बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।
'साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ । हामीले बिधान अनुसार पाकिस्तानलाई पत्र पठाउने छौँ,' बैठकपछि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले भने, '१३ औं सागअघि उहाहरुको प्रतिक्रिया हेर्छौ । त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने यो भने आयोजक परिवर्तन गर्न सकिन्छ ।'
पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ ।
बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



