ओलम्पिक काउन्सिलको बैठक सुरु
शनिबार, कार्तिक २३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिलकाे बैठक शनिबार काठमाडौंमा सुरू भएकाे छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम तयारीकाे समिक्षा र निर्णय गर्न काउन्सिलको बैठक सुरु भएको हो ।
बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्ष सहभागी छन् ।
बैठकले सागकाे तयारीकाे समीक्षा गर्नेछ र आयोजनामा देखिएका अन्याैलताकाे बिषयमा औपचारिक निर्णय गर्नेछ ।
यस्तै सागकाे सेफ द मिशनकाे बैठक समेत बस्नेछ ।
बैठकमा सागकाे तयारी, आवास, यातायात, सुरक्षा, खेल स्थल लगायतका बिषयमा नेपालले सदस्य राष्ट्रलाई जानकारी गराउनेछ ।
बैठकलाई सम्बाेधन गर्दै खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले भुकम्पका कारण समयमा साग गर्न नसकेकाे बताउदै यसपटक निर्धारित समयमा प्रतियाेगिता गर्ने बताए ।











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



