एजेन्सी । स्पेनिस क्लब सेभिया युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहिबार राति भएको खेलमा लक्समबर्गको क्लब एफ ९१ डुडेलाङ्गेलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेभिया अन्तिम ३२ मा पुगेको हो ।
सेभियाको जितमा मुनीर एल हाड्डडीले ह्याट्रिक गरे । यस्तै मुनास डाबुरले २ गोल गरे । एफ ९१ डुडेलाङ्गेका डानिल सिनानीले २ गोल फर्काए ।
जितसँगै समूह 'ए' को सेभियाले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । ३ अंक जोडेको डुडेलाङ्गे पुछारमा रहेको छ ।
युरोपा लिग अन्तर्गत नै इटालियन क्लब रोमा जर्मनीको बोरुसिया मोन्चेनग्लाडवाचसँग २-१ ले पराजित भएको छ ।

स्पानियोलले राज्ग्राडलाई ६-० गोलको फराकिलो अन्तरले हराएको छ । बसेलले गेटाफेलाई २-१ ले नै हराएको छ ।