• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागमा अफगानिस्तान सहभागी हुने
हिम बिक्रम केसी
आइतबार, कात्तिक १७, २०७६ हिम बिक्रम केसी
सागमा अफगानिस्तान सहभागी हुने

काठमाडौं । अफगानिस्तान पुन: दक्षिण एसियाली खेलकुद (साग) मा फर्कने भएको छ ।

भारतमा सम्पन्न १२ औं सागपछि मध्यपूर्वी क्षेत्रमा जाने घोषणा गरेको अफगानिस्तान पुन: दक्षिण एसियामा फर्कने तयारी गरेको हो ।

दक्षिण एसियाली क्षेत्रको भन्दा आफ्नो खेलकुदको स्तर माथिल्लो रहेको निष्कर्ष सहित अफगानिस्तान मध्यपूर्वी क्षेत्रमा गएको थियो ।

तर, सो क्षेत्रमा खेलकुदका खासै गतिला प्रतियोगिता नभएको कारण देखाउँदै अफगानिस्तानले दक्षिण एसियाली क्षेत्रमा फर्कने निर्णय गरेको हो ।

दक्षिण एसियाली क्षेत्रमा फर्कने तयारी सहित अफगानिस्तानले नेपालमा हुन गईरहेका १३ औं सागमा आफुलाई सहभागी गराउन माग गरेको छ । सोही अनुसार ओलम्पिक काउन्सिल अफ एसियाले समेत आसन्न साग खेलकुदमा अफगानिस्तानलाई समावेश गर्न नेपाललाई आग्रह गरेको छ ।

ओसीएको निर्देशन अनुसार नेपालले समेत डिसेम्बर १ देखि १० सम्म (मंसिर १५ देखि ३० सम्म) काठमाडौंमा आयोजना हुन लागेको तेह्रो संस्करणको सागमा अफगानिस्तानलाई सहभागी गराउने तयारी गरेको छ ।

अन्तिम समयमा सागमा अफगानिस्तानको सहभागीतालाई लिएर दुवै पक्ष आन्तरिक छलफलमा छन् । केही दिनमै सागमा अफगानिस्तान फर्कने बिषयको औपचारिक टुङ्गो लाग्नेछ ।

‘अफगानिस्तान समेत सागमा आउने पक्का जस्तै हो । उनीहरु साउथ एसियाको रिजनमा फर्कने निर्णय गरेका छन् । तर कति खेलमा सहभागी हुने भन्ने बिषयको टुङ्गो लाग्न बाँकी छ ।’ नेपाल ओलम्पिक कमिटि स्रोतले खेलपाटीसंग भन्यो ।

नेपालमा हुन गईरहेको सागमा सात राष्ट्रले सहभागीता जनाउने निश्चित गरेका थिए । अफगानिस्तान समेत सहभागी हुने भएपछि सागमा ८ राष्ट्रले खेल्नेछन् ।

ओसीएको निर्देशन अनुसार नेपालले अफगानिस्तानलाई कुन कुन खेलमा सहभागी गराउने भन्ने बिषयमा छलफल गरिरहेको छ ।

ओलम्पिक स्रोतका अनुसार अफगानिस्तानले मार्सल आर्टका खेलमा आफ्नो सहभागीता खोजेको छ । दक्षिण एसियाली क्षेत्रमा मार्सल आर्टमा राम्रो देखिएको अफगानिस्तानले बक्सिङ, जुडो, कराँते लगायतका खेलमा आफ्नो सहभागीता सुनिश्चित गर्न नेपाललाई आग्रह गरेको छ ।

तर अन्तिम समयमा सहभागीता जनाउने ईच्छा देखाएको अफगानिस्तानलाई नेपालले मार्सल आर्टका खेलमा सहभागी गराउन चाहेको छैन । नेपालले टेबल टेनिस, एथ्लेटिक्स, फेन्सिङ, ट्रायथलन, ब्याडमिन्टन लगायतका खेलमा सहभागी हुन अफगानिस्तानलाई पत्राचार गरेको छ ।

नेपालले पदकको सम्भावना बोकेको मार्सल आर्टमा अफगानिस्तानलाई सहभागी नगराउने सरकारको रणनीति छ ।

नेपालकाे प्रस्तावमा अफगानिस्तानले जवाफ दिन बाँकी छ । तर अन्तिम समयमा केही खेलमा सहभागी हुन र गराउन दुवै पक्ष सहमत छन् । 

सागको पहिलो संस्करण सन् १९८४ मा नेपालबाट सुरु भएको थियो । तर अफगानिस्तान झण्डै २० बर्षपछि साग खेलकुदमा जोडिन आईपुगेको हो ।

सन् २००४ मा पाकिस्तानको ईस्लामावादमा भएको नवौ सागमा अफगानिस्तानले पहिलो पटक सहभागीता जनाएको थियो ।

त्यसपछि अफगानिस्तान लगातार सागमा सहभागीता जनाउँदै आएको थियो ।

तर सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको साग लगत्तै अफगानिस्तानले दक्षिण एसिया क्षेत्र छाड्दै मध्यपुर्वीमा जाने निर्णय गरेको थियो ।

तर मध्यपुर्वमा खेलकुदका खासै गतिला प्रतियोगिता नभएको कारण देखाउँदै अफगानिस्तान पुन साग क्षेत्रमा फर्कने निर्णयमा पुगेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाको पेनाल्टी रोक्ने किरणको इच्छा अधुरै
हम्जाको पेनाल्टी रोक्ने किरणको इच्छा अधुरै
ललितपुरको सहज जित
ललितपुरको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP