• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागको तयारी बैठकमा संयोजकनै अनुपस्थित !
खेलपाटी संवाददाता
शनिबार, कात्तिक १६, २०७६ खेलपाटी संवाददाता
सागको तयारी बैठकमा संयोजकनै अनुपस्थित !

काठमाडौं । साग आउन महिना दिन पनि बाँकी छैन । औलामै गन्दा पनि अब २९ दिन मात्र बाँकी छ । साग आयोजनाका लागि सरकारले १५ वटा बिषयगत समिति बनाएको छ । तर समितिका धेरै काम कागजमा सिमित छन् ।

यही मेलोमा राखेपले शनिबार बिषयगत समितिका संयोजक र सचिवको बैठक राख्यो, तयारी समितिले अहिलेसम्म गरेका कामको प्रगति र गर्न बाँकी कामको समिक्षा गर्न ।

सागलाई सफल बनाउने जिम्मेवारी पाएका समितिका संयोजकले तयारीलाई गम्भिर रुपमा अघि बढाएको देखिनुपर्ने हो । गम्भिर भएर लाग्नुपर्ने हो । तर खेलकुद मन्त्री, खेलकुद सचिव, राखेप सदस्य सचिव, ओलम्पिक कमिटिका अध्यक्ष सहित डाकिएको समिक्षा बैठकमा केही समितिका संयोजकनै अनुपस्थित रहे ।

बैठकमा नआउनेमा स्रोत साधन परिचालन समितिको संयोजक उमेशलाल श्रेष्ठ, खेलस्थल व्यवस्थापन समितिका संयोजक केशवकुमार विष्ट र प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगर थिए ।

तयारी समितिका संयोजकनै बैठकमा अनुपस्थित भएपछि खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले खिन्नता प्रकट गरे । उनले समितिको जिम्मेवारीमा बस्ने तर बैठकमा नआउने भन्दै असन्तुष्टि प्रकट गरेका थिए ।

उनले समितिमा बसेर बैठकमा नआउनुको कारण पत्ता लगाउन अनुगमन, निरिक्षण तथा मुल्यांकन समितिसंग आग्रहनै गरे । ‘स्वास्थ्यका कारण भए भिन्ने कुरा हो । तर राष्ट्रको गौरवसंग जोडिएको सागको जिम्मेवारी लिएका व्यक्तिनै अनुपस्थित देखिनुभएको छ ।’ मन्त्रालयका सचिव थपलियाले असन्तुष्टि पोखे ।

के भयो बैठकमा ?

सागको तयारीलाई लिएर दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक कात्तिक २४ र २५ गते काठमाडौंमा बस्दैछ । सोही समय सागको सेभ द मिसनको समेत बैठक हुनेछ । दुवै बैठकमा सागको तयारीको समिक्षा गर्दै स्थलगत भ्रमण समेत हुनेछ ।

सोही बैठकलाई लिएर नेपाल ओलम्पिक कमिटिको आग्रहमा राखेपले सागको बिषयगत समितिको बैठक राखेको थियो ।

बैठकको सुरुवात गर्दै खेलकुद मन्त्री जगत विश्वकर्माले कार्यक्रमको उद्वेश्य प्रस्टाएका थिए । उनले अहिलेसम्म भएका कामको प्रगति र गर्न बाँकी कामको समिक्षा गर्न समिति संयोजकलाई आग्रह गरेका थिए ।

तयारी समितिले समिक्षा प्रस्तुत गर्नु अघि एनओसी अध्यक्ष जिवनराम श्रेष्ठले काउन्सिलको बैठकमा सबै समितिले सकारात्मक रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए । उनले काउन्सिल र सेभ द मिसनको बैठकमा समितिले प्रस्तुत गर्ने तयारीको ‘गाईडलाईन’ दिएका थिए ।

लगत्तै समिति संयोजक तथा सचिवले आ आफ्ना समितिको काम प्रस्तुत गरेका थिए ।

राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले ६ सय ७७ खेलाडी सागको प्रशिक्षणमा रहेको जानकारी गराएका थिए । उनले कात्तिक २५ गतेपछि ६ सय ४४ खेलाडी अन्तिम तयारीमा जुट्ने जानकारी बैठकमा गराए ।

यातायात व्यवस्था समितिका सचिव सरोजकुमार पोख्रेलले सागमा एउटै रंगको गाडी प्रयोग गर्न नसकिने बताएका थिए । उनले सहभागी संख्याको विवरण नआएको कारण गाडीको व्यवस्थापन गर्न नसकिएको बताएका थिए । तर आवश्यकताका आधारमा गाडी तयार गर्न समिति तयार रहेको बताए ।

अतिथि सत्कार समितिका संयोजक अमर सिंह शाहले आफ्नो समिति तयारी अवस्थामा रहेको जानकारी गराउँदै आफ्नो समितिलाई स्वयमसेवक, यातायात र सुरक्षा समितिको समन्व्यको आवश्यकता पर्ने बताएका थिए ।

यस्तै, स्वास्थ्य समितिको संयोजक अजय राणाले अर्को हप्ताबाट बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीको स्वास्थ्य परिक्षण गर्ने जानकारी दिएका थिए । उनले पोखराको स्वास्थ्यको व्यवस्था गर्न समन्व्य गरिरहेको जानकारी दिदै खेलाडीलाई कुन समयसम्म् स्वास्थ्य सेवा दिने भनेर प्रश्न गरेका थिए ।

अवास व्यवस्थापन समितिका संयोजक टासी घलेले भिआईपी अतिथीका लागि पाँच तारे होटलमा व्यवस्था गर्न समिति तयार रहेको बताएका थिए । तर होटल बुकिङ्गको काम तत्काल अघि बढाउनुपर्ने उनले सुझाएका थिए । उनले नियमित टेण्डर प्रक्रियामा जादा होटल व्यवस्थापन गर्न समस्या पर्ने जानकारी गराएका थिए ।

खेल स्थल व्यवस्थापन समितिका सचिव लबभक्त श्रेष्ठले धेरै प्रशिक्षण स्थल र खेल स्थलको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिदै बाँकी काम निकट भविष्यमै सकिने जानकारी गराएका थिए ।

अनुगमन समितिका संयोजक अणप्रसाद न्यौपानले विभिन्न कागजात बनाएर अनुगमनको तयारी गरिरहेको बताउँदै केही दिनमा अनुगमन सुरु गरिने बताए ।

खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापन समितिका संयोजक पुरेन्द्रविक्रम लाखेले सरकारको खरिद प्रक्रियाले समय अपुग देखिने बताएका थिए । उनले फास्ट ट्रयाकबाट सामान आपुर्ती गर्न समिति तयार रहेको जानकारी गराएका थिए ।

प्राविधिक समितिका सचिव अर्जुन विकले धेरै खेलको ह्याण्ड बुक बनिसकेको जानकारी दिदै खेल तालिका बन्ने क्रममा रहेको बताएका थिए । उनले खेलाडीको दर्ता हुने बित्तिकै समितिको काम अन्तिम चरणमा पुग्ने जानकारी गराएका थिए ।

सुरक्षा समितिकातर्फबाट डीआईजी दिपक थापाले उपनिर्वाचनले जनशक्तिको कमी हुने देखिएपनि जनशक्तिको व्यवस्थापन गरेर सुरक्षामा कुनै कमि हुन नदिने बताएका थिए ।

समारोह समितिकातर्फबाट सचिव कुलबहादुर थापाले उद्घाटन र समापनलाई भब्य र आकर्षक बनाउन समितिले योजना बनाईरहेको जानकारी गराएका थिए ।

प्रचार समितिका संयोजक शिव कोईरालाले सागलाई लक्षित गर्दै काठमाडौं र पोखरामा चाँडै मिडिया सेन्टर स्थापना गरिने बताए । उनले सागको भव्यता बाहिर प्रचार गर्न समितिले कुनै कसर बाँकी नराख्ने उल्लेख गरेका थिए ।

स्वयम सेवक समितिका सचिव प्रेम मल्लले काठमाडौं र पोखरामा स्वयम सेवक परिचालनको तयारी गरिरहेको बताएका थिए । उनले केही दिनमै स्वयम सेवकको खाका प्रस्तुत गर्ने जानकारी बैठकमा गराएका थिए ।

एन्टी डोपिङ्ग समितिका संयोजक सरोज श्रेष्ठले बिज्ञहरुको अभाव भएपनि समितिको काम अघि बढेको जानकारी गराएका थिए । सागका स्वर्णधारी र कीर्तिमानधारी खेलाडीको डोपिङ्ग परिक्षण गर्ने योजना समितिले बनाएको बताएका थिए ।

यस्तै स्रोत साधान परिचालन समितिले नीजि विज्ञापनको खोजी गर्ने काम अघि बढाएको बैठकमा जानकारी गराएको थियो । साग आयोजना अगाडी वृहत कार्यक्रम आयोजना गर्दै व्यापारिक संस्थालाई प्रतियोगितामा जोड्न सकिने राय बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकको समापन गर्दै सदस्य सचिव रमेश सिलवालले साग आयोजनाबाट पछाडी फर्कने अवस्था नरहेको भन्दै ४९ दिनमा सागलाई सम्पन्न गरेर फिर्ता पठाउनुपर्ने बताए ।

उनले कसैको कुरा र हल्लाको पछाडी नलाग्न सुझाव दिदै राष्ट्रको छवि राम्रो बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरे । उनले समस्या देखाएर भाग्ने भन्दा समाधानको बाटो सहित अघि बढ्न समिति संयोजकलाई आग्रह गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP