कल्पना र सुस्मिताले एसियन च्याम्पियनसिप खेल्ने
शनिबार, १६ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने सुटिङको एसियन च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
टोकियो ओलम्पिक छनोट अन्तर्गत रहेको च्याम्पियनसिपमा नेपालका कल्पना परियार र सुस्मिता नेपालले प्रतिस्पर्धा गर्ने छन् । दुवैले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपका लागि कतार जाने तीन सदस्सीय नेपाली टिमलाई शनिबार विदाई गरिएको छ । टिमको मुख्य प्रशिक्षकमा प्रदीप खाती रहेका छन् ।
च्याम्पियनसिप नोभेम्बर ३ देखि १४ सम्म आयोजना हुनेछ । नेपालका दुवै खेलाडीको खेल नोभेम्बर ५ मा रहेको छ ।





-1771251202949.avif&w=3840&q=75)








%20(1)-1771145193825.jpeg&w=3840&q=75)
