राजवंशी र सिलवाललाई खेलकुद पत्रकारिता पुरस्कार
आइतबार, १३ श्रावण २०७५खेलपाटी संवाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट निरञ्जन राजवंशी र राजु सिलवाललाई सम्मान गरेकाे छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा खेलकुद मन्त्रालयले बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई नगद ५०\५० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदान स्वरुप उनीहरुलाई खेलकुद पत्रकार तथा सम्मान २०७५ बाट सम्मानित गरिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत रहेका राजवंशी समाचार पत्र दैनिक हुँदै अहिले बीबीसीमा कार्यरत छन् ।
यता, २०४२ सालमा प्रशिक्षण पत्रकारको रुपमा नेपाल टेलिभिजन प्रवेश गरेका सिवलालले ३० बर्ष समय टेलिभिजन क्षेत्रमा काम गरेर बिताईसकेका छन् ।
दुवै पत्रकार अहिलेपनि खेलकुद पत्रकारितामा उत्तिकै सक्रिय छन् ।











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)