सागका पूर्वाधार समयमै सक्न निर्देशन
सोमबार, असोज २७, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नती भइरहेका भौतिक पूर्वाधारको सोमबार निरीक्षण गरेका छन् ।
खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल, स्क्वासको सेन्टर कोर्ट र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको निरीक्षण गरेका थिए ।
सो अवसरमा मन्त्री विश्वकर्माले निर्माण कार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधि, इन्जिनियर लगायतसंग प्रगति अवस्थाका बारेमा जानकारी लिनुका साथै समयमै कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।
निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मन्त्री विश्वकर्मालाई निर्माण र स्तरोन्नती भइरहेका पूर्वाधारका विषयमा जानकारी गराएका थिए ।










copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
