पहिलो ओभरमै सन्दीपले लिए विकेट
बिहिबार, असोज २३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । टी–ट्वान्टी सिरिज अन्तर्गत ओमानविरुद्व नेपालले पहिलो ओभरमै विकेट लिएको छ ।
लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले ओकीब इलियासलाई पेविलियनको बाटो देखाएका हुन् ।
उनले इलियासलाई सोमपाल कामीको हातबाट क्याच आउट गराएका हुन् ।
ओमानविरुद्व पहिला ब्याटिङ गरेको नेपाल ६४ रनमा अल आउट भएको थियो ।
नेपाल ११ औ ओभरमा अलआउट हुदै ६४ रन बनाएको हो ।
६५ रनको सामान्य लक्ष्य सहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ ।









-1761808270369.png&w=3840&q=75)




-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)