राई र तामाङ चेक प्रस्थान
बिहिबार, असोज २३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । चेक रिपब्लिकमा आयोजना हुने २७ औं एसकेडियुएन बिश्व सोतोकान कराते च्यामिपयनसिपमा सहभागी हुन संघिय प्रतिनिधी सभाका माननिय साँसद श्री कृष्ण राई र नेपाल सोतोकान कराते डो संघका अध्यक्ष एवं खेलाडी धिर्जेमान तामाङ त्यसतर्फ प्रस्थान गरेका छन् ।
चेक रिपब्लिकको कारलोभी भेरीमा ११ देखि १३ अक्टोबर (अशोज २४ देखि २६ समम आयोजना हुने च्यामिपयनसिपमा तामाङले भेट्रान्स ५० बर्षमाथिको बिधामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलका रुपमा माननिय राई रहेका छन् ।
च्याम्पियनसिपमा सहभागी हुन जाने दुई सदस्यिय टोलीलाई संघका उपाध्यक्ष श्याम श्रेष्ठ र नारायण खड्का, महासचिव एवं सहायक मुख्य प्रशिक्षक गोविन्द श्रेष्ठ तथा संघका प्रतिनिधीहरुले विदाई गरेका थिए ।










copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
